हेम्जाको गजरेघाटमा बालुवा निकाल्न नपाए पछि मजदुर आन्दोलीत

पोखरा १९ भदौ /पोखरा २५ हेम्जामा रहेको गजरेघाटमा बालुवा झिकेर जिवन यापन गर्दै आएका मजदुरहरु आन्दोलीत भएका छन् । उनीहरुले घाट छिटो खुलाउन माग गर्दै पोखरा लेखनाथ महानगरपालिकाको कार्यलयमा धर्ना समेत दिएका छन् ।

टेण्डर खुलाए पनि मुद्धा परे पछि मजदुरहरुले घाटबाट बालुवा झिक्न पाएका छन् । बालुवा झिक्न नपाए पछि दैनिक गुजारा टार्न पनि गाह्रो भएपछी मजदुरहरु बिचल्लीमा परेका छन् । साउन १ गते देखी बालुवा बोकेर घरखर्च धानेका मजदुरहरुको पछिल्लो समयमा आउने स्रोत नै बन्द भएपछी ज्ञापनपत्र बुझाउन आएका थिए । मजदुरलाई काम गरी खान दे लेखीएको प्लेकार्ड सहित नगरपालिकाको अगाडी धर्ना दिएका हुन ।

धर्नामा बसेकी सिता गुरुङ थापाले आफुहरु राजश्व तिर्न तयार रहेको हुदा हुदै पनि सरकारले प्रहरी लगाएर आफुहरुलाई बालुवा झिक्न नदिएको बनाइन् । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले टेण्डर भई सकेको तर अदालत गएका कारण रोकिएको बताए । अघिल्लो वर्ष ९१ लाखमा टेण्डर भएको थियो ।

कमेन्टहरु
Loading...