विद्यालय स्तरिय फुटसलको उपाधी ज्ञानोदयलाई

पोखरा, १७ भदौ /विद्यालय स्तरिय फुटसलको उपाधी ज्ञानोदय स्कुलले हात पारेको छ । पोखरामा पहिलो पटक पोखरामा एक्स फुटवल प्लेयरले आयोजना गरेको विद्यालय स्तरिय फुटसल प्रतियोगिताको उपाधी ज्ञानोदय स्कुलले हात पारेको छ । प्रतियोगितामा बेसलाईनलाई ३–२ गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरिय फुटसलको उपाधी हात पारेको हो ।

शुक्रबार पोखराको गैह्रापाटनमा रहेको पोखरा एरिना फुटसलमा सम्पन्न प्रतियोगितामा ज्ञानोदयले उपाधी संगै १० वटा वल, १२ वटा मार्कर, १२ वटा कोन, ८ वटा विब्स, २ वटा ल्याडर, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । १४ टीमको सहभागीता रहेको प्रतियोगिताको उप विजेता बेसलाईन एकेडेमीले ५ वटा वल, १० वटा मार्कर, १० वटा कोन, ८ वटा विब्स, १ ल्याडर, शिल्ड, शिल्भरमेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरे ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्ञानोदयका टीम क्याप्टेन समेत रहेका आशिष थापा घोषित भए । सवोत्कृष्ट खेलाडी संगै थापाले चांदीको कोइन, बुट, सिनगार्ड, जर्सी, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ज्ञानोदयका प्रितम गुरुङ म्यान अफ दी म्याच घोषित भए । म्यान आफ दी म्याचको उपाधी संगै गुरुङले मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगिताका बिजेताहरुलाई फुटवलका राष्ट्रिय खेलाडी बिजय गुरुङ, फुटवल प्रशिक्षक शम्भु केसी, कास्की जिल्ला फुटवल संघका अध्यक्ष धर्म सिह लामिछाने, उपाध्यक्ष मिलन गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ कास्की अध्यक्ष एम बी आस्था, बगर भाइखलकका आर्थिक संयोजक इश्वर गुरुङ, पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ ( चन्द्र ) लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...