खाजा घर बनाउन विद्यालयलाई सहयोग

पोखरा, १५ भदौ /पोखरा लेखनाथ महानगरपालीका वडा नं २३ स्थाई घर भई हाल रोजगारीको सिलसिलामा कतारमा कार्यरत शेरमान सुनारले आफु पढेको बिद्यालयको लागि ५० हजार १ सय ६५ रुपैया सहयोग प्रदान गरेका छन् ।

उनले सिद्ध बराह मा.बि, पोखरा–लेखनाथ २३ को खाजा घर बनाउनका लागि रकम सहयोग गरेका हुन् । भुपु बिद्यार्थी मञ्चमार्फत बिद्यालयलाई हस्तान्तरण गरेका हुन ।

उनले स्वर्गीय पिता तिल बहादुर सुनारको सम्झना स्वरुप सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कमेन्टहरु
Loading...