पोखरामा पावर ट्रार्फमर पड्कीदा पोखरा, गण्डकी र धौलागिरीमा विद्युत अवरुद्ध

पोखरा, १५ भदौ /पोखराको औद्योगिक क्षेत्रमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी स्टेसनमा समस्या आउदा पोखरा, गण्डकी र धौलागिरीमा विद्युत अवरुद्ध भएको छ ।

१३२ केभीमा रहेको पावर ट्रार्फमर पड्किएपछि विद्युत अवरुद्ध बनेको हो । साढे तीन बजे देखि अवरुद्ध विद्युत छिटोमा दुई घण्टा पछि संचालनमा आउन प्राधिकरण जनाएको छ ।

पावर ट्रार्फमर पोखरा मै भएको मिलेमा दुई घण्टा पछि विद्युत आउने विद्युत प्राधिकरणका एक कर्मचारीले बताए । उनले अहिले पड्कीएको पावर ट्रार्फमर फेर्न काम भइ रहेको बताए । पोखरा मै भएको पावर ट्रार्फमर मिलेमा आजै विद्युत आउछ नभए भोली मात्रै आउने उनले भनाइ छ ।

कमेन्टहरु
Loading...