कास्कीमा लुटपाट तथा चोरीमा संलग्न पोखराबाट ६ पक्राउ

पोखरा, १२ भदौ /जिल्ला प्रहरी कास्कीले लुटपाट तथा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । कास्की माछापुच्छे गाँउपालिका बडा नम्बर ७ झक्रे स्थित ४८ की राधिका चापागाईलाई कुटपिट गरी सुन, आइपोन आइपट लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा लेखनाथ महानगरपालिका १ बगरयाम्दी चेकपोष्ट नजिकबाट लुटेका सामाग्री सहित पक्राउ गरेको हो । पक्राउ परेका ६ जनाको साथबाट डेढ तोलाको सिक्री, आइफोन, आइप्याड र विभिन्न कम्पनीका ९ थान मोवाइल फेला पारेको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपुर्ण गाउँ पालिका वडा नम्बर ७ भिचुक बस्ने २० बर्षिय ईन्द्र भन्ने सुर्यमान बिक, १७ बर्षका सञ्य गुरुङ, १६ वर्षका बिमल सुनार, १७ का बर्षका मदन गुरुङ, पर्बत चित्रे गाबिस वडा नं २ माझगाउँ स्थाई घर भई हाल कास्की जिल्ला पोखरा ३० बुढिबजार बस्ने २७ बर्षिय अनिल बिक र पर्बत मोदी गाउँ पालिका घर भई पोखरा १ बगर बस्ने २७ बर्षिय प्रकाश पौडेल रहेका छन् । उनीहरुलाई आइबार पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ ।

कमेन्टहरु
Loading...