पोखराको अग्लो भवनमा क्लाउड नाईन रेष्ट्रो एण्ड लाउञ्ज बार सञ्चालनमा

पोखरा, ११ भदौ/पोखराको रेष्टुरेण्ट तथा होटलहरु मध्ये सबैभन्दा उचाईमा रहेको क्लाउड नाईन रेष्ट्रो एण्ड लाउञ्ज बार सञ्चालनमा आएको छ । पोखराको ब्यस्त ठाउँ मध्येको एक चिप्लेढुङ्गाको सेलवेज टावरको छैटौं तलामा क्लाउड नाईन रेष्ट्रो एण्ड लाउञ्ज बार सञ्चालनमा आएको हो । करीब ३ महिनादेखी अनौपचारिक रुपमा सञ्चालनमा आएको सो रेष्ट्रो एण्ड लाउञ्ज बार शुक्रबार एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा आएको हो ।

सो रेष्ट्रो एण्ड लाउञ्ज बारमा अरुण मानन्धर, दीपक पहारी, महेश्वर सिंह भण्डारी र रोहित गिरीको लगानी रहेको छ । करीब एक करोडको लगानीमा सञ्चालित सो रेष्ट्रो एण्ड लाउञ्ज बारको क्षमता ३ सयको रहेको सञ्चालकको दाबी छ ।

पोखराका रेष्टुरेण्ट मध्ये सबैभन्दा अग्लो ठाउँ भएकाले त्यहाँ बसेर चिया, कफी वा खाना÷खाँदै हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । ब्यस्त चोकमध्येको एक चिप्लेढुङ्गाको मुटुमै भएपनि अग्लो स्थानमा रेष्टुरेण्ट भएकाले कोलाहलको समस्या झेल्नुपर्दैन । अझ भनौं शान्त ठाउँमा बसेर हिमश्रृंखला हेर्दै विहानदेखी बेलुकासम्म आफ्नै रोजाईको चियादेखी अल्कोहोलिक चुस्कीसम्म लाउन मिल्ने सञ्चालक मध्येका एक अरुण मानन्धरले बताए ।

चिया, कफीदेखी खाना, खाजा र बेलुकाको ड्रिङ्क्ससमेत लिन सकिने यस रेष्ट्रो एण्ड लाउञ्ज बारमा हाईजेनिक र स्वादिस्ट पनि रहेको उनको दाबी छ । अर्गानिक कफीसहित ककटेल, मकटेल र सिसाको पनि ब्यबस्था रहने उनले जानकारी दिए । रेष्ट्रो एण्ड लाउञ्ज बारमा ठूलो एलसिडी प्रोजेक्टरसमेत रहेकाले खानपिन गर्दै स्पोर्ट्स च्यानल वा अनय कुनै मनपर्ने कार्यक्रम हेर्न सकिने बताइएको छ । साथै हरेक दिन हरेक समय ब्यबसायीक फोटोग्राफर राखिने र उसँग जुनसुकै बेला फोटो खिचाउन सकिने सञ्चालक मानन्धरले बताए ।

रेष्ट्रो एण्ड लाउञ्ज बारमा हरेक दिन राती लाईभ ब्याण्ड र डिजे सेसन पनि रहने मानन्धरले बताए । आफूहरुकोमा जन्मोत्सव पार्टी, ढुकुटी पार्टी तथा साथीहरुबीच गेटटुगेदर गर्नका लागि उपयुक्त स्थान भएको उनको दाबी छ ।

कमेन्टहरु
Loading...