वर्दिया-पोखरा सम्पर्क मञ्चको संयोजकमा संचारकर्मी पौडेल

पोखरा १० भदौ/वर्दिया पोखरा सम्पर्क मञ्चको संयोजकमा संचारकर्मी दिपक पौडेल चयन भएका छन् ।विभिन्न पेशाव्यवसाय र काम विशेषले पोखरा आएर वसेका वर्दियावासीको भेलाले पौडेलको संयोजकत्वमा ९ सदस्सीय समिती चयन गरेको हो । भेलाले सदस्य सचिवमा प्रदिप पौडेल तथा आर्थिक संयोजकमा अस्मिता सापकोटालाई चयन गरेको छ ।सचिवालय सदस्यहरुमा मनोज अधिकारी, सूर्य सापकोटा, विष्णु देवकोटा, लिलाराम तिमिल्सेना, शान्ती त्रिपाठी र मिलन पौडेललाई चयन गरेको छ ।

पाँच सदस्सीय सल्लाहकारहरुमा शिव वाँस्तोला, नवराज अधिकारी, कृष्ण आचार्य, ईश्वर देवकोटा र युवराज तिमिल्सेना छन् । कार्यक्रममा नेकपा एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले राजनीतिक आस्था भन्दा पनि सवैलाई समेटेर अगाडी वढ्न अनुरोध गरेका छन् । संयोजक चयनपछि पौडेलले वर्दियावाट पोखरा आएर वसेकाहरुलाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कमेन्टहरु
Loading...