कास्कीमा सवारी दुर्घटनाको संख्या घट्यो

गोकुल बानियाँ, १ साउन, पोखरा/ट्राफिक सचेतना र प्रहरी सक्रियताको कारण गएको आर्थिक बर्ष कास्कीमा दुर्घटनाको दर घटेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरी सक्रियताकै कारण गत वर्षको तुलनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा ५२५ ले कमी आएको छ ।ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनको साथै ट्राफिक जनचेतनामूलक कार्यक्रमहरुलाई पनि क्रमिक रुपले अगाडि बढाएकाले कास्कीमा सवारी दुर्घट्नाको संख्यामा ३३५ ले कमी आएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने व्यक्तिहरु माथि भएको कारवाहीमा भने १२७ ५ले वृद्धि हुन गएको छ । मापसे बिरुद्धको अभियान पछि भने मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने व्यक्तिहरुको संख्या घटेको छ ।

कास्कीमा आर्थिक बर्ष २०६९÷७० मा ४७ सवारी दुर्घटना भएका छन् । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २४ वटा कम हो । यो अबधिमा भएका दुर्घटनामा २४ जनाको ज्यान गएको र ५३ जना घाईते भएको तथ्याङक छ ।

आर्थिक बर्ष ०६९÷७० मा मादक पदार्थ सेबन गरी कारबाहीमा परेका एक हजार ९ सय ६० सवारीसाधनबाट १७ लाख २५ हजार ४ सय राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । कास्की प्रहरीले बितेको एक बर्षमा बिभिन्न शिर्षकमा कुल एक करोड २८ लाख २८ हजार ७ सय राजश्व संकलन गरेको छ ।

कमेन्टहरु
Loading...