सुनौलोको तीजगीतमा हेमजा इकाइ प्रथम

पोखरा, ६ भाद्र /पोखराको सुनौलो एफ एमले आयोजना गरेको कोसेली खुल्ला तीज गीत प्रतियोगीतामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान हेमजा इकाइ प्रथम भएको छ । विजेता बनेको हेम्जाले हङकङ व्युटी इन्स्टिच्युट एण्ड कलेजले प्रायोजन गरेको एघार हजार एक सय एघार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त ग¥यो ।

सामुदायिक जागरणका लागि हाम्रो अभियान ओक्काद्धारा सञ्चालित रेडियाद्धारा आयोजित प्रतियोगीतामा परोपकार सर्वेश्वर नारी समुह द्धितिय भएको छ । द्धितिय भएको समुहले गण्डकी निर्माण समन्वय प्रालिले प्रायोजन गरेको नगद नौ हजार एक सय एघार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त ग¥यो । यसैगर तृतिय स्थानमा आउन सफल विश्वकर्मा महिला समुहले इन्फोमेटिक कम्प्युटरले प्रायोजन गरेको सात हजार एक सय एघार रुपैयाँ र सान्त्वना हुन सफल अम्मरसिँह दृष्टि विहिन समुहले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले प्रायोजन गरेको नगद चार हजार एक सय एघार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरे ।

उत्कृष्ट नृत्यको पुरस्कार पाटनबेशी पोखराले हात पार्दा उत्कृष्ट पोशाक युनिभर्सल दिदिबहीनी समुह र उत्कृष्ट स्वरको पुरस्कार कास्की दृष्टि बिहिन दिदि बहिनी समुहको पोल्टामा प¥यो । कार्यक्रमको निर्णायकमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जीवन दाहाल र लोक दोहोरी गायिका लक्ष्मी नेपाली रहेका थिए । कोसेली शुद्ध तोरीको तेलले प्रायोजन गरेको कार्यक्रममा लोक दोहोरी गायिका हरिदेवी कोइराला, गायक जीवन दाहाल, गायिका लक्ष्मी नेपाली, गायक शंकर सुनार, सुस्मिता बाँस्तोला, रञ्जना आले लगायतको प्रस्तुतीले माहोल रमणिय बन्यो ।

सामुदायिक रेडियो सुनौलो एफ एमका अध्यक्ष शकुन्तला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा साँसद शारदा पौडेल, लोक दोहोरी गायिका हरिदेवी कोइराला, रेडियोका सल्लाहकार शिरोमणी बराल, प्रमुख कार्यकारी अधिकृत मोतीसागर अधिकारी, कार्यक्रम प्रमुख सबु पाठक, ओक्काका कोषाध्यक्ष शिसुकला पौडेल, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ का सदस्य सुर्वण केसी र विष्णुमाया परियार, हङकङ व्युटी इन्स्टिच्युट एण्ड कलेजका सञ्चालक मिना गुरुङ, गण्डकी निर्माण समन्वय प्रालिका सहसचिव नवराज बस्नेत, पोखरा लेखनाथ महानगरपालिका कार्यालयकी शाखा अधिकृत चन्द्रावती वाग्ले, नवसिद्र्धाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पार्वती माकाजु, शुभकामना महिला विाकास केन्द्रकी अध्यक्ष भवानी माकाजु, सिद्धार्थ टोल विकास संस्थाकी अध्यक्ष गोमा सुवेदी लगायतले तीज पर्वको विविध पक्षको बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...