पोखरामा जुवातास खेल्दै गरेका ८ जना पक्राउ

पोखरा, ६ भदौ/पोखरा लेखनाथ महानगरपालिका १३ भद्रकालीबाट प्रहरीले ८ जनालाई जुवातास खेल्दै गरेकालाई पक्राउ गरेको छ ।

भद्रकालीको लाल कुमारी गुरुङको घरमा जुवा तास खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा तत्काल वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले ८ जना ब्यक्तिहरुलाई चार बुक तास सहित नगद २६ हजार ७५ सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १३ भद्रकालीका ६७ वर्षिय मान बहादुर गुरुङ, ६५ बर्षिय ओम बहादुर गुरुङ, ६० बर्षिय रस बहादुर गुरुङ, ५४ वर्षिय खुसिमान गुरुङ, ६५ बर्षिइ कृष्ण गुरुङ, ५७ बर्षिय बिर सिंह गुरुङ, ५५ बर्षिय नर बहादुर गुरुङ, ४० वर्षकी तास खेलाउने घरधनी लाल कुमारी गुरुङ रहेका छन् ।

कमेन्टहरु
Loading...