काँहुखोलामा तीज गित हुने

पोखरा, ३ भदौ/ पोखरा लेखनाथ महानगरपालिका वडा न. १३ स्थित सत्य सेवा आमा समूह र जनकल्याण समितिले प्रथम खुल्ला तीज गित प्रतियोगिता गर्ने भएका छन्।

तीजको मौलिक संस्कृतिको जगेर्ना गने उदेश्यले स्थानीय संघ संस्थाहरुको सहयोगमा भदौ ८ गते काँहुखोलामा प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगिताको तयारी तिव्र पारिएको छ। यसपटकबाट प्रतियोगिता शुरु गर्दै छौ सत्य सेवा आमा समूहकी अध्यक्ष जमुना श्रेष्ठले भनिन् – ‘प्रतियोगितालाई आउँदा वर्षहरुमा निरन्तरता दिने छौ।’

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ। प्रतियोगितामा २० टिमले सहभागिता जनाउँने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथमलाई २१ हजार, द्वितियलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई पाँच हजार प्रदान गरिने छ।

त्यस्तै, उत्कृष्ठ नृत्य र भेषभुषालाई एक हजार पाँच सय÷एक हजार पाँच सय प्रदान गरिने छ। प्रतियोगिता सफल बनाउँन सवैलाई आग्रह गरिएको छ।

कमेन्टहरु
Loading...