इम्ब्रोइडरीे साधारणसभा, मेयरले भने– ५० बढि कानुन बन्छन्

पोखरा /इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसनको १४ औं वार्षिक साधारण सभामा बिहीबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका हुन् । मेयर जिसीले कानुन नबन्दा आफ्नो प्राथमिकतामा परेका धेरै कार्य गर्न ढिलाई भएको गुनासो गरे ।

अबको नगर परिषदमा थप ५० भन्दा बढी कानुन बनाएर घरभाडा, र अन्य मापदण्ड लगायको काम गर्ने उनले जानकारी दिए । उनले सार्बजनिक सम्पत्तिको संरक्षण, फोहोरमैला ब्यवस्थापन, छाडा चौपाया ब्यवस्थापन लगायतका कार्यलाई आफूले क्रमश हल गर्ने उनको भनाई छ । फेवातालको संरक्षणमा आफू प्रतिवद्ध रहेको सुनाउँदै उनले ताल पुरिरहेकोे माटो निकाल्ने योजना सुनाए । उनले पोखराको लागि मुख्य योजना सहायक योजना, तत्कालिन योजना, दिर्गकालिन योजना बनाएको जानकारी दिए ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले नेपाल सरकाले प्रस्ट रुपमा कानुनमा अधिकार नखुलाएको कारण काम गर्न नपाएको बताए । उनले अधिकार, पावर, स्रोत नभई काम गर्न नसक्ने धारण राखे । संस्थाका सचिब इन्द्र प्रसाद भण्डारीले संस्थामा लागका मानिसहरु विस्तारै हट्दै गएको बताए । उनले भने, ‘पहिला भएका सदस्यको संख्या पनि घटदै गएको छ ।’ उनले घर भाणमा नलिई फुटपाथमा काम गर्नेलाई नगरपालिकाले कारबाही गनुपर्ने बताए ।

पिटी आर सीका संयोजक गणेशबहादु भट्टराईले जनप्रतिनिधीले नगरपालिका रहेर कामगर्न व्यवसायी वा जनताको हत हितको लागि सोच्न आग्रह गरे । उनले कुनैपनि कारणबाट कानुन मिचेर काम गर्नेलाई कारबाही हुने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ४का अध्यक्ष सञ्जिव कोइराला, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा, अग्रज पर्यटन ब्यवसायी गणेशबहादुर भट्टराई, पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराई लगायतले उक्त अवसरमा शुभकामना दिएका थिए । साधारणसभामा बोल्ने ब्यवसायीले इम्ब्रोइडरी एण्ड गार्मेन्ट पेसा प्रतिको रुचि विस्तारै घट्दै गएको बताए । उनीहरुले संस्थालाई संरक्षण गर्न लाग्नुपर्ने धारण समेत राखे ।

कमेन्टहरु
Loading...