पोखराको रत्न मन्दिरमा सैनिकद्वारा सैनिक कै गोली हानी हत्या

फाइल तस्बिर
पोखरा, ३१ साउन /पोखराको फेवाताल किनारमा रहेको रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् ।

दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति गोलीहानी हत्या गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । गोली प्रहार गर्ने लोहार सैनिक नियन्त्रणमा छन् भने मृतकको शव अस्पताल राखीएको खुल्न आएको छ ।

प्रहरीले भने घटनाका बारेका कुनै जानकारी नभएको बताएको छ । आपसी मनमुटावका कारण गोली हानेको हुन सक्ने स्रोतको दावी छ । पोखराको फुलबारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षा गर्दै आएको छ । घटनाको अन्य विवरण आउन बाँकी छ ।

कमेन्टहरु
Loading...