दुई युवती दस दिनदेखि बेपत्ता

टाक्सिन्दु– ८ सोलुखुम्बुका दुई युवती गत दस दिनदेखि हराइरहेका छन्। ङ्गबहादुर विककी १४ वर्षीया छोरी गीता र पूर्ण विककी छोरी १८ वर्षीया निरु गत असार २३ गतेदेखि घरबाट हिँडेका हुन्। घरबाट भागेका उनीहरुमध्ये गीताले घरबाट रु १८ हजार झिकेर लगेको समेत उनका बाबु जङ्गबहादुरले जानकारी दिए।
‘ओखलढुङ्गासम्म लिन आउनुहुन्छ रे, विराटनगर पुगेपछि त कति सजिलो काम पाइन्छ रे’ भनेर उनीहरुले कुरा गरेको उनीहरुका भाइबहिनीले सुनेको कारण कसैले भारततिर बेच्न लगेको हो कि भन्ने अभिभावकको शङ्का  छ।

उनीहरु कहाँ गए भन्ने अझै थाहा नभएका कारण खोजी गर्न अभिभावकले प्रहरीलाई अनुरोध गरेका छन्। उनीहरुले केही दिन गाउँघर तथा आफन्तकामा खोजी गरेपछि मात्र प्रहरीमा जानकारी गराएका थिए। उनीहरुका बारेमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। रासस

– See more at: http://setopati.com/samaj/2470/#sthash.Wlu6HlGa.dpuf

कमेन्टहरु
Loading...