एक्ला ज्वाइँबाट ज्ञानेन्द्रलाई सधैं सास्ती

३१ असार, काठमाडौं । परिवारका सदस्यहरुबाट अनेकौं समस्या र हण्डर खेप्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना एक्ला ज्वाइँका तर्फबाट पनि सुख र सन्तोष प्राप्त हुन सकेको छैन । ज्वाइँ राजबहादुर सिंहले बेलाबेखतमा गरिरहने लफडाले पूर्वराज परिवार हैरान बनेको छ । पूर्वराजाका ज्वाइँ र परिवारका सदस्यहरुको सम्बन्धबारे एउटा नेपाली म्यागेजिनले यसरी लेखेको छ-

gyannendraपूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना एकमात्र ज्वाईं राजबहादुर सिंहबाट सन्तोष पाएका छैनन् । आफ्नो भावनालाई ज्वाईंले लत्याउने गरेकाले पटक-पटक मन दुखेको उनले अति निकटस्थहरूलाई सुनाउने गरेका छन् ।

आफ्नो र परिवारको इच्छाविपरीत राजनीतिक दलमा आबद्ध भएको, छोरीसित झगडा गरेर टाढिन खोजेको, अराजक गतिविधि गरेर परिवारकै बेइज्जति गरेकोलगायतका गुनासा छन्- ज्वाईं राजबहादुरसित पूर्वराजा ज्ञानेन्द्रका । यद्यपि, यी सबै गुनासाबारे उनले राजबहादुरसित कुरा गरेका छैनन् । छोरी प्रेरणालाई बेलाबेलामा दिने गरेको तनावका विषयमा मात्रै उनले अहिलेसम्म राजबहादुरसित मुख खोलेर कुरा गरेको दरबारनिकट स्रोत बताउँछ ।

स्रोतहरूका अनुसार राजबहादुरलेे आफ्नो व्यवहारबाट सुरुदेखि नै पत्नी प्रेरणा, पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको चित्त दुखाउँदै आएका छन् । राजबहादुर सुधि्रने आसमा निर्मलनिवासले चित्त बुझाउँदै आएको स्रोतले बताएको छ । ‘धेरैपटक त राजबहादुरको व्यवहारले निर्मलनिवासको शान्ति नै बिथोलेको छ,’ स्रोत भन्छ ।

छोरी प्रेरणालाई दिइएको तनावले मात्रै होइन, राजबहादुरले बेलाबेलामा गर्ने अराजक र कानुनविपरीत कामले दरबारको समेत बेइज्जत गरेको पूर्वराजपरिवारको बुझाइ छ । रोयल क्यासिनोका प्रबन्ध निर्देशकसमेत रहेका राजबहादुरले नेपालीलाई जुवा खेलाएको अभियोगमा प्रहरीले खोजी गरेको थियो । पछि उनी धरौटीमा रिहा भए ।

ज्ञानेन्द्र शाहकी एकमात्र छोरी प्रेरणाका साथीहरूका अनुसार उनको अस्वाभाविक मोटोपनको समस्याले पनि राजबहादुर अन्यत्रै मन डुलाउन थालेका थिए । ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरणाको शरीरबाट झन्डै १२ किलो बोसो निकालिएको थियो । राजबहादुर र प्रेरणाको सम्बन्धमा यति विग्रह आयो कि गत वर्षको मंसिरमा सिंगापुरमा प्रेरणाको अप्रेसन हुँदा राजबहादुर भेट्नसमेत गएनन् । जब कि त्यतिबेला राजबहादुर सिंगापुरमै थिए ।

राजबहादुर बाहिर अरू केटीसित सल्केको शंका ज्ञानेन्द्रपुत्री प्रेरणाको थियो । अझ रश्मिला नामकी पूर्वएयर होस्टेससित त प्रगाढ सम्बन्ध नै बनिसकेको सूचना उनीकहाँ पुगेको थियो । त्यही भएर ०६८ भदौको अन्तिमतिर प्रेरणा आफैँ रश्मिलाको घर गएर पति राजबहादुरसितको सम्बन्धबारे सोधपुछ गरिन् ।

राजबहादुर र प्रेरणाको सम्बन्ध एकपटक त झन्डैझन्डै सम्बन्धविच्छेदको अवस्थामा पुगेको थियो । श्रीमान्-श्रीमतीबीच यति दूरी बढ्यो कि प्रेरणा घर छाडेर करिब ६ महिना माइत निर्मलनिवासमै बसिन् ।

Raj-bahadur-n-prerana४३ वर्षीय राजबहादुर विभिन्न युवतीसित नाम जोडिएर पनि बेलाबेलामा विवादमा आउने गर्छन् । उनको यो बानीले जेठान तथा पूर्वयुवराज पारसलाई चिन्तित मात्रै होइन, आक्रोशितसमेत बनाउने गरेको छ । दुई/तीनपटक त उनी राजबहादुरलाई ‘ठाउँको ठाउँ ठीक पार्ने’ भन्दै खोज्नसमेत हिँडेका थिए । तर, पारस त्यहाँ पुग्नुअगावै राजबहादुर त्यहाँबाट जोगिएर भागेका थिए । ‘पारसले बहिनी प्रेरणालाई निकै माया गर्छन्, राजबहादुर अरू कुनै महिलासित नजिकिएको सहन सक्दैनन् ।

पारसपत्नी हिमानीले पनि नन्द प्रेरणालाई निकै माया गर्छिन् । उनले आफ्नो ट्रष्टमा प्रेरणालाई समेत राखेकी छन् । पारस काठमाडौंमा हुँदा हिमानीले पटक-पटक ज्वाइँ राजबहादुरलाई सम्झाएकी पनि थिइन् । एकपटक त उनले धम्कीपूर्ण भाषामा ‘प्रेरणालाई केही भए आफू चुप लागेर नबस्ने’ चेतावनी नै राजबहादुरलाई दिएको स्रोतले जनाएको छ । त्यसयता राजबहादुर पारसको नजिकै पर्न छाडेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भने मनमा असन्तोष बोके पनि राजबहादुरसित यस्ता घटनाबारे प्रायः कुरा गरेका छैनन् । त्यही भएर राजबहादुरको उनीसितको सम्बन्ध भने सामान्य नै छ । ज्ञानेन्द्रले उनलाई राजनीतिमा त्यति नपत्याउने गरेको स्रोतको भनाइ छ । ससुरा ज्ञानेन्द्र र जेठान पारसलाई थाहै नदिई राजबहादुर एकपटक हरिचरण शाहले नेतृत्व गरेको जनता दलमा प्रवेश गरेका थिए । उनी जनता दलमा गएको ज्ञानेन्द्र र पारसलाई मन परेको थिएन । पारसले त्यसको विरोधसमेत गरेको स्रोतले जनाएको छ । ससुरा र जेठानले विरोध गरेको थाहा पाएपछि राजबहादुर जनता दलमा सक्रिय हुन सकेनन् । त्यसपछि उनी जनता दलको बैठकमा समेत गएनन्, बरु व्यवसायमै सक्रिय हुन थाले ।

पुख्र्यौली घर बाजुरा भएका राजबहादुर राजकुमारी प्रेरणासँग बिहे गर्नुअघि ठमेलमा बस्थे । काठमाडौंमै व्यापार/व्यवसाय गरिरहेका थिए । त्यतिबेला उनले ठमेलको एउटा होटलमा पनि लगानी गरेका थिए ।

हाल  काठमाडौं मै रहेका राजबहादुर स्वदेशमा प्रायः कमै बस्ने गर्छन् । बढी विदेशतिर घुमफिर गर्छन् । स्वदेशमा रहेका बेला उनी छाउनीस्थित ससुरालीले दाइजोमा दिएको घरमा बस्ने गर्छन् । उक्त घर पूर्वराजा वीरेन्द्रका बंशको हो । अहिले त्यो घर नेपाल ट्रष्टको स्वामित्वमा छ । ट्रष्टले घर खाली गरिदिन पत्राचारसमेत गरेको छ ।

नारायणहिटी राजदरबारमै राजबहादुर र प्रेरणाको भव्य बिहे भएको थियो । आफ्नी एकमात्र छोरी भएकाले पनि तत्कालीन राजा ज्ञानेन्द्रले प्रेरणाको विवाह धुमधामले गरेका थिए । उनले छाउनीमा रहेको एउटा घर छोरीलाई दाइजो दिए । सुन, चाँदी र गरगहनाको त कुरै भएन ।

बिहे भएको दुई वर्षमा प्रेरणाले छोरा पार्थवलाई जन्म दिएकी थिइन् । उनी अहिले लिंकन स्कुलमा पढ्छन् । पहिले उनी रुपिज इन्टरनेसनल स्कुलमा पढ्थे । पार्थव अहिले सात वर्षका भए ।

जनआन्दोलनको बलले ०६४ मा ज्ञानेन्द्रको शासनसत्ता गुम्यो । मुलुकमा गणतन्त्र स्थापना भयो । परिवर्तित अवस्थासँगै राजबहादुर दम्पतीबीच पनि खटपट हुन थाल्यो । दरबारका सोझी राजकुमारीका रूपमा चिनिने प्रेरणाको माइतीको वैभव गुमेपछि उनलाई राजबहादुरले झन् बढी तनाव दिन थालेको प्रेरणानिकट साथीहरू बताउँछन् । त्यससँगै आफ्नो शरीर अस्वाभाविक मोटो भएकाले पनि प्रेरणा सधैं तनावमा रहने गरेको उनका साथीहरूको भनाइ छ । प्रेरणाले शरीरको बोसो घटाउन दुईपटक अप्रेसनसमेत गरिसकेकी छन् । ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरणाको शरीरबाट झन्डै १२ किलो बोसो निकालिएको थियो ।

गणतन्त्रवादी राजबहादुर !

राजबहादुर ससुराली पूर्वराजपरिवारको चाहना र इच्छाविपरीत गणतन्त्रवादीसमेत बनेका छन् । जनता दलमा प्रवेश गर्दा उनले गणतन्त्रप्रति प्रतिवद्धता जनाउँदै शपथ लिएका थिए । गणतन्त्रात्मक मुलुकबाटै देश र जनताको प्रगति जनता दलको निष्कर्ष छ ।

स्रोतहरूका अनुसार कुनै बेला राजबहादुर एकीकृत माओवादीका दोस्रो तहका केही नेतासँग पनि नजिकिएका थिए । त्यतिखेर ज्वाइँ माओवादीमा जान थाले कि भन्ने शंका निर्मलनिवासले गरेको थियो । संवैधानिक राजतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेताहरूसँग उनको कुनै किसिमको सम्बन्ध नरहेको स्रोतहरूको भनाइ छ ।

व्यवसायमा प्रगति गरिरहेका राजबहादुर राजनीतिप्रति पनि चासो राख्ने गर्छन् । त्यसैले राजनीतिमा सक्रिय हुन उनी जनता दलमा प्रवेश गरेका थिए । जतिबेला उनी जनता दलमा प्रवेश गरे त्यतिखेर उनको पार्टीले एकीकृत माओवादीलाई सक्रिय सहयोग गरिरहेको थियो । सरकार ढाल्ने र बनाउने खेलमा जनता दलले एमाओवादीलाई साथ दिइरहेको थियो ।

राजबहादुर हालै उनी प्रहरीको वान्टेड सूचीमा परे । क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा उनलाई काठमाडौं प्रहरीले पक्राउ पुर्जी जारी गर्‍यो । तर, प्रहरीलाई मुद्दा बुझाउन लगाई अदालतमा उपस्थित भएकाले उनी हिरासतमा भने बस्नु परेन । गत वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा जुवा ऐनअन्र्तगत मुद्दा चलाएको थियो । जुन मुद्दामा गत जेठ ३० गते उनी दुई हजार पाँच सय धरौटी बुझाएर रिहा भए । जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा अझै छ ।

मोबाइल लाइसेन्सको धन्दा

mirrer-news-cover-pageबुवा प्रहरी भए पनि राजबहादुर भने सानैदेखि बिजनेसमा संलग्न व्यक्ति हुन् । आफ्नो बिजनेसलाई उनले विदेशमा पनि फैलाएका छन् । उनको प्रमुख आर्थिक स्रोत मोबाइल कम्पनीको लाइसेन्स लिने र बिक्री गर्ने हो । हाल युरोपियन कम्पनीले सञ्चालन गरिरहेको एनसेलको लाइसेन्स सुरुमा सरकारबाट राजबहादुरले नै लिएका थिए ।

नेपालमा मात्र होइन विदेशमा पनि उनले लाइसेन्सको धन्दा गर्दै आएका छन्् । राजबहादुरनिकट स्रोतका अनुसार उनले कम्बोडियामा पनि मोबाइलको लाइसेन्स लिएका थिए । जुन उनले बिक्री गरिसकेका छन् । कम्बोडियापछि उनले बर्मामा पनि लाइसेन्स लिइसकेका छन् । त्यहाँको लाइसेन्स भनेे उनले अझै बिक्री गरिसकेका छ्रैनन् । स्रोतहरूका अनुसार बर्मामा लिएको लाइसेन्स उनी बेच्ने योजनामा छन् । अहिले पनि उनी त्यसैका लागि नियमित बर्मा ओहोरदोहोर गरिरहेका छन् ।

दरबारमार्गस्थित रोयल क्यासिनोका मालिक राजबहादुरले केही समययता गणेश लामाको समेत सहयोग लिन थालेका छन् । क्यासिनोको व्यापार ओह्रालो लाग्न थालेपछि ‘क्यासिनो किङ’का नामले चिनिने बलराम सापकोटा र गणेश लामाको सहयोग लिएर उनले क्यासिनो चलाउन खोजेका थिए । तर, प्रहरीको कडाइका कारण बिजनेस ओह्रालो लागेकोलाग्यै छ ।

व्यापार घट्दै गएपछि राजबहादुरले क्यासिनोका कर्मचारीलाई पनि तलब दिन सकेका छैनन् । पछिल्लो समय त उनी क्यासिनो जानै छाडिसकेका छन् ।

संकटमा क्यासिनो

कुनै बेला राम्रो आम्दानी गरिरहेको राजबहादुरको रोयल क्यासिनो अहिले ओह्रालो लागेको छ । प्रहरीले क्यासिनोमा नेपाली प्रवेशमा कडाइ गरेपछि व्यापार चौपट भएको छ । क्यासिनोकै कारण एक समय उनी प्रहरीकको वान्टेड सूचीमा समेत परे ।

राजबहादुरले सञ्चालन गरेको एफएमको अवस्था पनि त्यस्तै छ । पत्रकार तथा कर्मचारीलाई तलब दिन नसकेपछि गत जेठमा कर्मचारीले आन्दोलन नै गरे । उनको आम्दानीको प्रमुख स्रोत भनेको नेबिको बिस्कुट हो । धीरेन्द्रका छोरीहरू शिताष्मा र दिलासाको नाममा समेत पहिला सो कम्पनीको सेयर थियो । तर, अहिले राजबहादुरले सो कम्पनीको ९९ प्रतिशत सेयर आफ्नो नाममा पारिसकेका छन् । मालिका विकास बैंकमा पनि उनले सेयर हालेका छन् ।

व्यापारीविरुद्ध मुद्दा

पूर्वराजपरिवारका ज्वाइर्ं राजबहादुर पछिल्लो समय एक हाउजिङ कम्पनीविरुद्ध पनि मुद्दा लडिरहेका छन् । उनको निवास छाउनीनजिकै अपार्टमेन्ट बनाउन लागिएपछि त्यसले आफूहरूलाई असर गर्ने भन्दै उनले पुनरावेदन अदालतमा मुद्दा हाले । पुनरावेदनले उनलाई जितायो पनि । अहिले सर्वोच्च अदालतमा उक्त मुद्दा विचाराधीन छ ।

सर्वोच्चमा सो मुद्दामा दुई न्यायाधीशबीच राय बाझिएपछि फुल बेन्चमा जाने भएको छ । छायादेवी क्रसेन्ट नामक कम्पनीले सहरी विकास विभाग, उपत्यका विकास प्राधिकरण, महानगरपालिकालगायत सम्बन्धित सबै निकायको स्वीकृति लिएर आवासीय भवन निर्माण थालेपछि राजबहादुरले काम रोक्न माग गर्दै रिट हालेका थिए ।

राजबहादुरसहित उनका छिमेकी रजनी चन्द, गायक योगेश्वर अमात्यलगायतले मुद्दा हालेका हुन् । १४ तलामा ४२ अपार्टमेन्ट बनाउन सात रोपनी जग्गामा थालिएको उक्त परियोजनाको लागत ९० करोड रहेको छ । बैंकर पृथ्वीबहादुर पाँडेलगायतले सो ठाउँमा अपार्टमेन्ट निर्माण गर्न लागेका हुन् ।

चामत्कारिक पुनर्मिलन

विघटनको अवस्थामा पुगेको राजबहादुर र पे्ररणाको सम्बन्ध सुधार गर्ने प्रयास पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसले पटक-पटक गरेका थिए । तर, ती सबै प्रयास बालुवामा पानी खन्याएजस्तै भएको थियो । दूरी यतिसम्म बढेको थियो कि राजबहादुरले अर्को बिहे गर्ने मनस्थिति नै बनाइसकेका थिए । स्रोतहरूका अनुसार राजबहादुरले बिहे गर्न केटीसमेत खोजिसकेका थिए ।

तर, परिस्थिति एकाएक बदलियो । राजबहादुर र प्रेरणाको सम्बन्ध अप्रत्याशित रूपमा सुधि्रयो । र, पे्ररणामाथि सौता आउने खतरा तत्काललाई टर्‍यो । ‘लोग्ने-स्वास्नीको झगडा, परालको आगो’ भनेजस्तै अहिले दुवैको सम्बन्ध सुधि्रएको छ ।

स्रोतहरूका अनुसार राजबहादुरले आफ्ना गल्ती स्वीकारेका कारण सम्बन्ध सुधि्रएको हो । ४३ वषर्ीय राजबहादुरले ३५ नकटेकी पत्नी प्रेरणाको इच्छाविपरीत केही नगर्ने प्रतिबद्धता प्रेरणा र पूर्वराजपरिवारसँग गरेका छन् ।

सम्बन्ध सुधार भएपछि केही समयअघि राजबहादुर प्रेरणालाई लिन आफैं निर्मलनिवास पुगेका थिए । श्रीमती लिन गएका उनले ‘अबदेखि प्रेरणाको चाहनाविपरीत केही नगर्ने, प्रेरणालाई दुःख नदिने र बाहिर केटीसँग पनि नबरालिने’ प्रतिबद्धता गरेको स्रोतहरूको भनाइ छ । आफ्नैअगाडि पतिले कसम खाएपछि प्रेरणा छाउनीमा गएर बस्न राजी भएकी थिइन् । ‘राजबहादुरले निकै बिलौना गरेपछि प्रेरणाको मन पग्लिएको हो, तैपनि हामीलाई यो त नाटकजस्तै लागिरहेको छ । राजबहादुर ठीक छन् भन्ने स्पष्ट हुन उनको व्यवहार हेर्न अझै केही दिन कुर्नुपर्छ,’ पूर्वयुवराज पारसका एक सहयोगी भन्छन् । छोरी-ज्वाईंको सम्बन्ध सुधि्रए पनि फेरि खटपट हुन्छ कि भन्ने चिन्ता पूर्वराजाको परिवारलाई अझै छ ।

-मिरर न्युज मासिकबाट

cp. onlinekhabar.com

कमेन्टहरु
Loading...