पोखरा ९ मा अनलाईन व्यक्तिगत घटना दर्ता सुरु

पोखरा, २६ साउन /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ ले अनलाईन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । कुनै पनि घटना दर्ता गर्दा घटना घटेको ३५ दिन भित्र दर्ता गर्दा कुनै पनि शुल्क लाग्दैन । ३५ दिन कटे पछि ५० रुपैया सम्म जरिवाना लाग्ने पनि सचिव लोकदर्शन कोईरालाले वताए ।

वडा नं. ९ ले २०७४ जेष्ठ ३१ गतेदेखि नै वडा कार्यालयमा आउने सेवाग्राहीका व्यक्तिगत घटना अनलाईन मार्फत दर्ता गर्दै आएको छ । अनलाईनबाट व्यक्तिगत घटना दर्ता व्यक्ति स्वयंले पनि गर्न सकिन्छ । त्यसको लागि www.docr.gov.np मा log on  गरि व्यक्तिगत घटना दर्ता फारममा गई भर्न सकिन्छ । व्यक्तिगत घटना दर्ता गर्दा नागरिकता अनिवार्य चाहिन्छ ।

अनलाईनबाट व्यक्तिगत घटना दर्ता गर्दा समयको वचत हुने, दिर्घकालिन रेकर्डका साथै रजिष्टरहरुमा डाटा राख्ने झण्झटबाट छुटकारा पाईने वडा सचिव लोकदर्शन कोईरालाले वताए । व्यक्तिगत घटनामा जन्म, मृत्यु, वसाईसराई, सम्बन्ध विच्छेद र विवाह दर्ता पर्दछन् । राज्यबाट पाईने सुबिधा प्रयोगको लागि व्यक्तिगत घटना अनिवार्य गर्नुपर्ने हुन्छ ।

कमेन्टहरु
Loading...