‘खुल्ला सडक नक्सांकन’ तालिम सुरु

पोखरा, २४ साउन/नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले पोखरा लेखनाथ महानगरपालिकामा सञ्चालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम ‘खुल्ला सडक नक्सांकन’ तालिम सुरु गरेको छ । सोमबार सुरु तालिम मंगलबार सकिने छ ।

तालिमको एक कार्याक्रमका बीच रेडक्रस कास्कीका सभापति बामदेव ढुंगानाले आरम्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै ढुंगानाले यो प्रविधिको युग हो भन्दै सहभागीहरुले मोवाइलको माध्यमवाट पोखराका संकटासन्न कुराहरु के के हुन, प्रकोपहरु के के छन र विपद परेमा काम लाग्ने अन्य कुराहरु नक्सामा समावेश गरेर कार्यक्र सञ्चालन गर्न सहज हुने बताए । तालिमले पोखराको वारेमा थप जानकारी समावेश गरेर संसारलाइ नै सहयोग पुग्ने उनको अपेक्षा थियो ।

रेडक्रस सोसाइटी कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले तालीम पश्चात सहभागीहरुले गर्ने फिल्ड कार्य र नक्सांकनले रेडक्रसको कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने धारणा राखे । उनले तालीम प्राप्त गर्ने सवैवाट उत्कृष्ट कार्यको अपेक्ष गरिएको बताए । कार्यक्रममा पोखरा स्थित रेडक्रस केन्द्रीय गोदाम घर संयोजक सूर्य प्रसाद ढकाल, जिल्ला कार्यक्रम संयोजक दिवाकर सुवेदी, वरिष्ठ कार्यक्रम सहायक देवनारायण पौडेल लगायतले बोलेका थिए ।

प्रकोप जाने सम्भावित क्षेत्रहरु, खुल्ला स्थानहरु, संकटासन्न लक्षित वर्गहरुको स्थान, विभिन्न किसिमका प्राकृतिक संरचनाहरु, महतवपूर्ण स्थानहरु, आदिलाइ खुला सडक नक्सांकनमा राख्ने उदेश्यले खुला सडक नक्सांकन तालीम दिइएको हो । ३२ जना सहभागी तालिममा नेपाल रेडक्रस केन्द्रीय कार्यालयका जिआइएस् अधिकृत निरु प्रधान, इन्जिनियर भरतराज भाट र पोखरा स्थित काठमाण्डौ लिविङ ल्याव्सका इन्जिनियर रोशन पौडेलले प्रशिक्षण दिएका छन् ।

तालिम पश्चात ४ दिनसम्म महानगरका प्रत्येक वडामा १÷१ जना सहभागीहरु गएर ती वडाहरुमा भएका मुख्य मुख्य वस्तुहरुलाई मोवाइल एप्सको सहायताले मोवाइलमा इन्ट्री गरेर ल्याइ रेडक्रस कार्यालयमा इन्टरनेटको सहायताले डाटा इन्ट्रि गरिने छ । काठमाण्डौ लिविङ ल्याव्स पोखरा कार्यालयले प्राविधिक सहयोग दिएको संयोजक दिवाकार सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...