पोखरामा बोलबम जलयात्रा जारी

पोखरा, २३ साउन/केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराले साउनमा आयोजना गरेको बोलबम जलयात्रा जारी छ ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ जारी बोलबममा साउनको चौथो सोमबार पनि हजारौं श्रद्धालु भक्तजन कार्यक्रममा सहभागी थिए ।

उनीहरु मन्दिरमा जल चढाउन दिनभरजसो व्यस्त थिए । भक्तजन फेवाताल किनारमा रहेको केदारेश्वर परिसरमा आयोजित भजनमा समेत नाचेर रमाइलो गरे । बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दैआएको छ । मन्दिरमा जल चढाउन चारै वटा ढोका खोलेर सहज बनाइएको छ ।

अघिल्लो सोमबार झै यसपालि पनि गाइघाटदेखि झाँकी र भजनकीर्तनसहित बोलबम ¥याली निकालिएको थियो । ¥यालीमा गेरुबस्त्र धारण गरेका भारतीय तथा मधेसी मुलका मानिसहरुको समेत उत्साहजनक सहभागिता छ ।  मन्दिरमा भक्तजनलाई एन.बी. (नेपाल भारत) व्यवसायी समितिले प्रसादको व्यवस्था मिलाएको थियो ।

यसपालि साउन महिनामा ५ वटा सोमबार परेको छ । साउनमा ५ सोमबार पर्नुलाई शुभ र पवित्र मानिन्छ । अन्तिम अन्तिम सोमबार साउन ३० मा पनि भक्तजनलाई सहभागीताको लागि आयोजकले आह्वान गरेको छ । उक्त दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेको छ ।

कमेन्टहरु
Loading...