रेडक्रस मार्फत दार्चुला बाढि पिडितलाई सहयोग

पोखरा ३१,असार /नेपलीज हिमालयन एसोसीयसन अफ स्कटल्याडले दार्चुला बाढि पिडित तथा प्रभावितहरुको लागि ७५ हजार रुपैया नगद राहत स्वरुप सहयोग गरेको छ । सो रकम नेपाल रेडक्रस सोसाइटी मार्फत प्रदान गर्ने गरि सोमवार एसोसीयसनका संस्थापक सदस्य हेमराज पहारीले कास्की शाखाका अध्यक्ष रामप्रसाद ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो ।

स्कटल्याण्डमा विभिन्न व्यक्तिहरुबाट संकलन गरिएको रकमले थोरै भएपनि राहत पु¥याउने उदेश्यले सहयोग गरिएको एसोसीयसनका सदस्य पहारीले जानकारी दिनुभयो । रेडक्रस कास्कीका अध्यक्ष ज्ञवालीले प्राप्त रकम रेडक्रस दार्चुला शाखा मार्फत मंगलवार नै दार्चुला पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा रेडक्रस कास्कीका उपसभापति शिवप्रसाद कोइरालाले रेडक्रस मार्फत भएको सहयोग पिडित पक्षले प्राप्त गर्ने बताउनुभयो । रेडक्रस कास्कीका अध्यक्ष रामप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममको सञ्चालन उपमन्त्री कृष्ण तिमिल्सीनाले गर्नुभएको थियो । यस अघि पनि रेडक्रस कास्कीले विपद राहत व्यवस्थापन कोषबाट ५० हजार रुपैया बाढि पिडितलाई प्रदान गरिसकेको छ ।

सन् २००७ मा स्थापना भएको नेपलीज हिमालयन एसोसीयसन अफ स्कटल्याडले खानेपानी, सरसफाई, विद्यालयहरुमा विभिन्न सहयोग गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...