लामाचौर बोलबमको तयारी पुरा

पोखरा, ३१ असार/श्रावण महिनाको प्रत्येक सोमबार मनाइने बोलबम पर्वको तयारी लामाचौरमा पुरा भएको छ । लामाचौरस्थित सर्वेश्वर शिवालय मन्दिर परिसरमा मनाइने बोलबम पर्वसँगसँगै नौ दिनसम्म लगाइने शिव पुराणको तयारी पुरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर के.सी ले जानकारी दिए ।

श्रावण महिनामा पर्ने ४ वटा सोमबारमा सेती गण्डकीबाट जल ल्याई मन्दिर चढाइने र भजन किर्तन गरी प्रत्येक दिन भगवान शिवको पुजा आरधना गरिने के.सीले बताए । श्रावण महिनाको पहिलो सोमबार आगामी ७ गते लामाचौर चोकमा जम्मा भई भजनकिर्तन सहित शुक्लागण्डकीमा गएर ल्याएको जललाई शिव मन्दिरमा चढाउने कार्यक्रम रहेको छ ।

बोलबम पर्वलाई व्यवस्थित बनाउन विभिन्न तयारी गरिएको छ भने, श्रावण १९ गते देखि हुने शिव पुराणमा सहभागी हुन समितिले भक्तजनलाई आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...