अभिभावकको गम्भिर ध्यानाकर्षण

पोखरा, ३१ असार/अमरसिंह सामुदायिक नमुना उच्च माविमा विगत एक हप्तादेखि पठनपाठन बन्द भएको घट्नाप्रति अभिभावकहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्ना व्यक्तिगत स्वार्थ पुरा गर्ने नाममा विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारको उल्लङ्घन गरिएको प्रति अभिभावकहरुले आज एक प्रेश विज्ञप्तिमार्फत घोर आपत्ति प्रकट गर्दै शिक्षकहरुबाट गरिएको बन्दको भत्र्सना गरेको छ ।

अभिभावकले विद्यालय प्रशासन, व्यवस्थापन समिति एवम् सरोकारवाला सबैमा ताला खोली पठनपाठन सन्चालन गर्न जोडदार माग गरेको छ । अन्यथा अभिभावकहरु स्वयमले ताला खोली पठनपाठन सन्चालन गर्ने चेतावनी दिएका छन् ।

कमेन्टहरु
Loading...