कामना र सेवा विकास बैंक मर्जपछि एकिकृत कारोबार सुरु

पोखरा, २० साउन /पोखरामा प्रधान कार्यालय रहेको कामना बिकास वैंक लिमिटेड र बुटबलमा प्रधान कार्यालय रहेको सेबा बिकास बैकलाई मर्जर भएर शुक्रबार देखि एकिकृत कारोबार सुरु गरेका छन् । कामना सेवा विकास बैंकको एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले सुरुवात गरे ।

मर्ज पछि बन्ने बैकको चुँक्ता पुजि २ अर्ब ६ करोड, शाखा संख्या ४० र एटिएम संख्या १६ पुगेको छ । हाल कामनाको देशको बिभिन्न स्थानमा गरि २१ शाखा संचालनमा रहेका छन भने बैकले हालै ३० प्रतिशत हकप्रद जारि गरि चुँक्ता पुजी १ अर्ब ४ करोड पुरयाएको थियो । १९ शाखा रहेको सेबाले हालै १ सय २० प्रतिशतका दरले हकप्रद जारि गरि चुँक्ता पुजी १ अर्ब २ करोड पुरयाएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंक

मर्जरका लागि दुबै बैकको स्वाप रेसियो १ बराबर १ कायम गरिएको जानकारि दिदै आर्चायले ०७४ सालभित्र नेपाल राष्ट्र बैंकले तेकोको २ अर्ब ५० करोड पुजि पुर्याउन आर्थीक बर्ष ०७३÷०७४ को मुनाफाबाट बोनश सेयर बितरण गरे पछि नपुग भए हकप्रद शेयर जारि गर्ने बैंकले कामना विकास बैंक कार्यकारी अधिकृत तोयनाथ अधिकारीले जानकारी दिए ।

गत आर्थीक बर्ष ०७३÷०७४ मा कामनाले ६ अर्ब ९८ कारोड निक्षेप संकलन र ६ अर्ब ११ करोड कर्जा लगानि गरि २७ करोड ३७ लाख संचालन मुनाफा आर्जन गरेको थियो भने सेबाले ५ अर्ब ६५ करोड निक्षेप संकलन र ५ अर्ब ४० करोड कर्जा लगानी गरि २७ करोड ९५ लाख संचालन मुनाफा आर्जन गरेको थियो । दुबै बैकले गरेको संचालन मुनाफ बाट संचालन खर्च कटाउदा खुद नाफा ३५ करोड १९ लाख पुगेको अधिकारीले बताए ।

मर्ज पछि बन्ने बैकको नाम कामना सेबा बिकास बैक, अध्यक्षमा कामनाका हालका अध्यक्ष सुदिप आचार्य , प्रमुख कार्यकारी अधिकृतमा सेबाका हालका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले र नायव प्रमुख कार्यकारी अधिकृतमा हालको कामनामा प्रमूख कार्यकारी अधिकृत तोयाराज अधिकारी र कामनाकै हालका नायव सिईयो उमेश आर्चाय रहने भएका छन् ।

कमेन्टहरु
Loading...