नेपालमा अब ७७ जिल्लाः मन्त्री थापा

पत्रकार पराजुलीलाई बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार

पोखरा, ३० असार/कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले नेपालमा अब ७७ जिल्ला हुने बताएका छन् । पोखरामा शुक्रबार आयोजित ‘बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा उनले ७५ जिल्लाबाट २ जिल्ला थपेर ७७ जिल्ला बन्ने पक्का भएको बताए । उनले निर्वाचन कार्यालयले सोधेको प्रश्नको जवाफ फकाउदै मन्त्रालयबाट ७७ जिल्ला भएको भन्ने जानकारी दिएको बताए ।

मन्त्री थापाले कानूनको अभावमा निर्वाचन नरोकिने बताए । अब धमाधम कानून निर्माण हुने बताउँदै संसदमा पेस गर्ने बताए । उनले सविधानको कार्यान्यन नै सबै तहको निर्वाचन गरे पछि हुने बताए । उनले संचार क्षेत्रलाई मर्यादीत बनाउन प्रेस मैत्री कानुन बनाउन सबै संगठन सगँ छलफल गर्ने बताए ।

कार्यक्रममा बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार गंगाधर पराजुलीलाई सम्मान गरे । पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनका परिवारद्वारा स्थापित र पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाद्वारा सञ्चालित नगद २० हजार १ सय ११ सहित सम्मानपत्रले पराजुलीलाई सम्मान गरेका हुन् ।

साढे २ दशकदेखी पोखरामा रहेर पत्रकारिता गर्दै आएका सम्मानित पराजुली गोल्डेन न्यूज दैनिकको प्रकाशक संस्था सुनौलो पव्लिकेशनका कार्यकारी अध्यक्ष, पत्रिकाका प्रधान सम्पादकका साथै सुनौले एफ.एम.का कार्यकारी निर्देशक हुन् । पराजुलीले यसअघि विभिन्न पुरस्कारबाट पुरस्कृत भइ सकेका छन् ।

यसअघि बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोला शर्मा, कास्कीका नवराज सुवेदी, नारायण कार्की र रुद्रबहादुर थापा सम्मानित भइसकेका छन् ।

 

कमेन्टहरु
Loading...