“सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज”, तिज गित प्रतियोगिताको तयारी तिब्र

कृष्ण आचार्य, पोखरा , १९ साउन/माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनले संयुक्त रुपमा आयोजना गर्न लागेको “सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज”, तिज गित प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।नेपाली नारीहरुको महान पर्व हरितलिका तिजको अवसर पारेर हरेक बर्ष जस्तै यस बर्ष पनि पोखराको पहिलो एफएम माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्ज र पोखराको पहिलो टेलिभिजन गोल्डेन आई टेलिभिजनको संयुक्त आयोजनामा हुन लागेको सेप्टी अल्ट्रा १७ औँ छमछमी तिज, तिज गित प्रतियोगिताको तयारीलाई तिब्र बनाईएको प्रचार प्रसार समितिले जनाएको छ ।

विगत १६ वर्ष देखि संचालन गरिरहेको छमछमी तीज, तीज गित प्रतियोगिताको १७ औ संस्करणका रुपमा यो प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यहि भाद्र ३ गते शनिबार पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा आयोजना गरिने बताईएको छ । नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा कला, संस्कृति र साहित्यलाई संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्धेश्यले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तीज, तीज गित प्रतियोगिता गर्न लागिएको माछापुच्छ्रे एफ.एमका प्रवन्ध निर्देशक देव क्षेत्रीले बताए ।

तीज गित प्रतियोगिताको टिम दर्ताको लागि निशुल्क फर्म बितरण भइरहेको र यहि भदौ ३ गते शनिबार बिहानसम्म टिम दर्ता गर्न सकिने माछापुच्छ्रे एफ.एमका स्टेशन मेनेजर एवं कार्यक्रम संयोजक कन्चन थापाले जानकारी दिईन् । माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्जको टेलिफोन नम्बर ०६१ ५३२८९३ र गोल्डेन आई टेलिभिजनको टेलिफोन नम्बर ०६१ ५३९३३३ को माध्यमबाट पनि फर्म भर्न सकिने कार्यक्रम संयोजक थापाको भनाई छ ।

यस बर्षको छमछमी तिज, तिज गित प्रतियोगितालाई अघिल्ला बर्षहरुमा भन्दा पनि उत्कृष्ठ बनाउने तयारी गरिएको बताइदै गोल्डेन आई टेलिभिजनका स्टेसन म्यानेजर अनिशा श्रेष्ठले प्रतियोगितालाई सेप्टी अल्ट्रा सेनेटरी प्याडले टाईटल प्रायोजन र एक्सल इनर्जी ड्रिङ्सले मुख्य प्रयोजन गरेको जानकारी दिईन् । कार्यक्रमलाई प्रिती तयारी चाउचाउ र रेडबुलले सह प्रायोजनका गरेका छन् भने हर्पल चामल र शुर्य नेपालको मंगलदिप अगरबत्तीले उप प्रायोजन गरेका छन् । यस्तै लबकुस डेरी र श्री जयकाली जडिबुटी उद्योग प्रालीको उत्पादन ओखती साबुनले प्रायोजन गरेका छन् । कार्यक्रमलाई नेपाल टुरिजम बोर्डले प्रर्वदन गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिया हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने भेषभुषा र नृत्यलाई पनि ३÷३ हजार रुपैया पुरस्कार प्रदान गरिने छ । जसका लागि मोर्डनाइज टूल्स एण्ड ट्राभल्स रानिपौवाले प्रथम, अनुसिलन कलाकेन्द्र रानीपौवाले द्धित्तिय, पोखरा हर्वल होम्स न्युरोडले तृतिय, डिलाईट रेष्टूरेण्ट न्युरोडले सान्त्वना, हंङकङ ब्युटी कलेज महेन्द्रपुलले उत्कृष्ठ भेसभुसा र कायाकल्प डाईट एण्ड सिल्मिङ्ग सेण्टर स्यामसुङ्ग गल्लीले उत्कृष्ठ नृत्य पुरस्कार प्रायोजन गरेको गोल्डेन आई टेलिभिजनका निर्देशक मार्लिन क्षेत्रीले जानकारी दिईन् ।

कार्यक्रममा पोखरेली धुर्मुस राजेन्द्र नेपाली र लोक गायकहरु कृष्ण सुबेदी, अमृत बराल, असोक सुनार लगायतको बिशेष प्रस्तुती रहने र कार्यक्रमको माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने प्रचार प्रसार समितिले जनाएको छ ।

प्रतियोगितालाई सफल बनाउन माछापुच्छ्रे एफ.एमका स्टेशन मेनेजर कन्चन थापाको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन भएका छन् । प्रचारप्रसार उपसमितीमा कृष्ण आचार्य, अर्थ उपसमितीमा अनिशा नेपाली, मंच तथा ब्यानर ब्यवस्थापन उपसमितीमा रमेश तिमल्सिना, बजार ब्यवस्थापन उपसमितीमा ममता पौडेल, साउण्ड सिष्टम ब्यबस्थापन उपसमितीमा रिजन ढुङ्गाना, कार्यक्रम संचालन तथा स्टेज ब्यबस्थापन उपसमितीमा लक्ष्मी जिसी र अतिथी स्वागत सत्कार उपसमितिमा रेणु क्षेत्रीलाई संयोजक तोकिएको छ ।

कमेन्टहरु
Loading...