पोखरा स्र्पोट्स अवार्डको तयारी अन्तिम चरणमा, लाइफ टाइम एचिभ्मेन्ट अर्वाड रानाभाटलाई

सागर राज तिमिल्सिना
पोखरा, १७ साउन/नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने दोश्रो पोखरा स्र्पोट्स अर्वाडमा पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाडबाट सम्मानीत गर्ने भएको छ । अर्वाडको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै मंगलबार पत्रकार सम्मेलनमा अन्य मनोनयन समेत सार्वजनीक गरेको छ ।

पोखरा स्र्पोट्स अर्वाडमा वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ्ग र भलिवलकी अरुणा शाही मनोनयनमा परेका छन् । यसै गरि वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्याण्डवलका विशाल वस्नेत मनोनयनमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकले जानकारी दिए ।

वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिवलकी ममता डगौरा, एथलेटिक्सका दर्शना वुढा मगर र सागर नेपाली मनोनयनमा परेका छन । यसै गरि उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुन वहादुर लामा, भारोत्तोलनका वखतमान श्रेष्ठ र एथलेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा परेका छन् । यसै वर्षबाट थप गरिएको वर्ष उत्कृष्ट संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने पाठकले जानकारी दिए । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्रदान गरिने छ ।

मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विद्याबाट एक–एक जनाले अर्वाड प्राप्त गर्ने छन् । महिला तथा पुरुष उत्कृष्टलाई २५–२५ हजार र अन्यलाई जनही १०–१० हजार नगद र अर्वाड सहित सम्मानित गरिने छ ।  पोखरा स्र्पोट्स अर्वाडलाईलाई दर्जनौ संघ संस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको मंचले जनाएको छ । पोखरा स्पोंट्स अर्वाडका लागि सामसुङ्ग मोवाइलको डिलर वल्र्ड वाइड कनेक्शन सामसुङ मोबाईलले खेलाडीको हौसला स्वरुप चार जना उत्कृष्टहरुलाई सामसुङ्ग मोवाइल प्रदान गर्ने भएको छ । पोखरा स्र्पोट्स अर्वाड साउन २१ गते २ वजे पोखरा सभागृहमा हुने भएको छ ।

कार्यक्रममा ख्यातीप्राप्त स्थानीय तथा राष्ट्रिय कलाकार गायक प्रमोद खरेल, विनोद वानियाको प्रस्तुती रहनेछ । कार्यक्रममा नृत्य प्रस्तुति, बिबोईङ, जुम्बा डान्स, खेलाडीद्वारा ¥याम्प वाक, खेल तथा राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरुको खेलकुदका प्रस्तुती समेत रहने मंचले जनाएको छ ।

गत वर्ष सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई प्रदान गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।

कमेन्टहरु
Loading...