दीगो रुपमा होमस्टे प्रवद्र्धनमा प्रचारप्रसार आवश्यक

पोखरा, ३१ असार/पर्यटन व्यवसायलाई टेवा पु¥याउन होमस्टे अवधारणा निकै चर्चामा आएको छ । होम स्टे पर्यटन व्यवसायलाई दीगो बनाउने राम्रो विकल्पको हो । हाम्रँे जस्तो मुलुकमा होमस्टे अवधारणावाट पर्यटन विकासलाई सफल बनाउन सकिन्छ । साधारण घरमा ट्वाईलेट बाथरुम सहित सामान्य सेवा सुविधा भएको घरलाई होमस्टेको रुपमा प्रयोग गरिन्छ ।

मिलेका बस्ती, ग्रामिण वातावरणमा होमस्टेको अवधारणा राम्रो मानिन्छ । नेपालका अधिकाश गाउ“मा होमस्टे कार्यक्रमहरु पनि सञ्चालन छन् । होम स्टे संञ्चालनमा आएपनि प्रयाप्त प्रचारप्रसारको अभावमा होमस्टेहरु दीगो हुन नसकेको बताउछन् पाल्पाका पासा होमस्टे संञ्चालक दिपनारायण श्रेष्ठ। उनी भन्छन्–‘ लगानी लगाएर होमस्टे सञ्चालन गरिएपनि प्रचारप्रसारको अभावमा सोचे जति विकास हुन सकेको छैन्।’ पाल्पामा टोलविकास संस्थाहरुको सकृयतामा होमस्टे कार्यक्रम सञ्चालन भएको छ ।

सिजनमा होमस्टेवाट राम्रो हुने बताउदै उनले भने पर्यटकका लागि हामी सा“स्कृतिक नाचहरु देखाउछौ । त्यस्तै प्रचारपं्रसारको अभाव भएकाले पर्यटकहरु सोचेजती नआएको गुनासो छ नुवाकोटका नुवाकोट भ्य्रू सामुदायिक होमस्टे सञ्चालक श्याम सुन्दर श्रेष्ठको पनि । हामीले पारिवारीक वातावरणमा होमस्टेलाई सामुहिक रुपमा चलाएका छौ उनी भन्छन्–‘ होमस्टेवाट युवा पलायन हुने अवस्थालाई रोकेको छ नुवाकोटमा ।’ नुवाकोट ऐतिहासीक, पुरातात्वीक र सा“स्कृतिक सम्पदाले धनी ठाउ“ हो त्यसैले पनि आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गर्दछ । नुवाकोटमा पानीको समस्या भएको बताउदै यस समस्यालाई सुल्झाउन सहयोग गरिनुपर्ने बताए ।

कास्की पनि होमस्टे संञ्चालको एक उपयुक्त ठाउ“ हो । यहा“का गुरुङ बस्तीमा होमस्टे सञ्चालन राम्रोस“ग सञ्चालन गर्न सकिने सम्भावना रहेको पर्यटन विज्ञहरु बताउछन् । कास्कीमा होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन सरकारले ऐतिहासीक महत्वका विषयवस्तुहरुलाई संरक्षणमा ध्यान दिनुपर्ने भदौरे तामागीका गुरुङ होमस्टे सञ्चालक रुपेश गुरुङ बताउछन् । नेपालमा ८८ वटा होमस्टे दर्ता भएका छन् । काठमाडौंमा ४३, पोखरामा ३१, भैरहवामा सात, काकडभिट्टामा ६ र नेपालगन्जमा एउटा दर्ता भएको छ ।

कमेन्टहरु
Loading...