क्षत्री समाजद्धारा प्रवेशीका परिक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान

पोखरा, ३१ असार/क्षत्री समाज नेपाल कास्की क्षेत्र नं १ले विस २०६९सालको प्रवेशीका परिक्षामा उत्रिण विद्यार्थीहरुलाई सम्मान गरेको छ । सफल विद्यार्थीहरुको उज्जल भविस्यको कामना सहित आगामी दिनको पढाईमा थप महेनतका साथ अगाडी वढ्नका लागि उत्साहा थप्ने उद्देश्य राखिएको कार्यक्रमा आफनो समाज अन्तरगत रहेका करिव एक सय विद्यार्थीहरुलाई सम्मान पत्र सहित खादाँ तथा मायाको चिनो प्रदान गरि सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दे क्षत्री समाज नेपालका केन्द्रिय सदस्य उद्यवहादुर वस्नेतले देशमा व्याप्त राजनितीक अस्थिरता भनेकै जातीय राज्यको परिकल्पनालवाट आएकोमा जोड दिदै जातियताका नाममा आरक्षणको विषय उठ्नु नै अहिलेको मुख्य समस्या भएको बताए । क्षत्री समाज नेपाल कास्की क्षेत्र नं १ का अध्यक्ष अर्जुन वहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यत्रममा क्षत्री समाज नेपाल वुद्धिजीवि समाजका महासचिव यमवहादुर रोक्काले सफल विद्यार्थीहरुलाई सटिवीकेटका लागी मात्र अध्यान नगरि आफनो क्षमता बृद्धि गरि देश र राष्ट्रका लागि काम गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा लेखनाथ नगर कमिटीका उपाध्यक्ष नरनारायण थापा, सल्लाहकार हरिवहादुर वुढाथोकी, मिनवहादुर केसि, महिला समोन्वय लेखनाथ नगर कमिटीका उपाध्यक्ष तिर्था वरुवाल र युवा समितीका अध्यक्ष सुभाष खड्का लगाएतले बोलेका थिए ।

कमेन्टहरु
Loading...