कास्कीबाट मन्त्री बनेका थापाको जेल पाट्नर एमाले अध्यक्ष केपी ओली  

काँग्रेस नेता थापा नेवि संघको सदस्य हुँदै मन्त्रीसम्म

पोखरा, ११ साउन । कास्की काँग्रेसका नेता यज्ञबहादुर थापा नेपाल सरकारको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भए पछि यतिखेर कास्की काँग्रेसमा खुसीयाली छाएको छ । विद्यार्थी कालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर कृयाशिल थापालाई प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त गर्नुभएको हो । हालको पोखरा लेखनाथ महानगर पालिका २६ मा २०१९ सालमा जन्मिएका हुन् ।

२०३२ सालमा तत्कालिन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रहनुभएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा नेवि संघ कास्कीको गठन गरी जिल्ला सचिवको जिम्मेवारी दिनुएको थियो । २०३६ सालमा नेपाल विद्यार्थी संघको जनकपुर अधिवेशनबाट विमलेन्द्र निधी अध्यक्ष हुँदा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेपाली काँग्रेस प्रतिबन्धित हुँदाका अवस्थामा २०३६ सालमा पार्टीको मुखपत्र नेपाल पुकारका लागि विपीसँग थापाले अन्तवार्ता लिनुभएको थियो ।

प्रतिबन्धित समयमा नेपाली काँग्रृसको बहुदल प्रचार समिति कास्कीको महामन्त्रीको जिम्मेवारी सम्हालेका थापा सत्याग्रहको आन्दोलनमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली लगायतका नेतासँग २०४२ सालमा सात महिना जेल बस्नुभएको थियो । प्रजातन्त्रको आन्दोलनमा पटक पटकको गिरफ्तार तथा जेलका अनुभव सँगालेका थापा २०६२÷०६३ को आन्दोलनमा काठमाडौंको टुडिखेलमा मरणासन्न हुने गरी प्रहरी प्रशासनबाट कुटिनुभएको थियो ।

अत्यन्त निर्ममतापूर्ण पूर्वकान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले मुख्य तस्विरका रुपमा स्थान पाएको उहाँ कुटिदाको अवस्थाको फोटो सार्क स्तरीय फोटो प्रतियोगितामा प्रथम भएको थियो । नेपाली काँग्रेस कास्कीको सचिव, उपसभापति जिम्मेवारी सम्हाल्दै १२ वर्ष पार्टीको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थापा पहिलो संविधान सभाको निर्वाचनमा पराजित भए पनि दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचित बन्नुभएको थियो ।

२०५३ मा पश्चिमाञ्चल क्षेत्रीय विकास समन्वय समितिको अध्यक्षको जिम्मेवारी उहाँले सम्हाल्नुभएको थियो । सपथ ग्रहण लगत्तै उहाँले संविधान कार्यान्वयनको यो समयमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी संविधान कार्यान्वयनका लागि महत्वपूर्ण उर्जा मिलेको र लक्ष्य प्राप्तीका लागि उर्जा मिलेको थापाले बताउनुभएको काठमाडौंमा रहेका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...