बाग्लुङमा जीप दुर्घटना हुदा चार जनाको मृत्यु

बाग्लुङ, ९ साउन /बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका—५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका छन्। ध १ ज १८४ नम्बरको जीप ग्वालीचौरको वादिपमा दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ।

जलजलाबाट खर्बाङतर्फ आउँदै गरेका जीप बादिपमा दुर्घटना भई करिब ७ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जीपमा जीप धनीसहित ११ जना सवार रहेको बताईएको छ।

मृतक तथा घाईतेको परिचय खुल्न बाँकी छ। साँघुरा घुम्ती र हिलो सडक भएका कारण चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अन्यत्र रिफर गर्ने गरिएको छ ।

कमेन्टहरु
Loading...