पहिरो कारण भोटेकोसी माथिको लार्चा पुल भाँचियो

गन्थनमा विज्ञापन गर्नुहोस् 728x90
गन्थनमा विज्ञापन गर्नुहोस्

काठमाडौ, ९ साउन /सिन्धुपाल्चोकमा आइतबार बेलुका गएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ ।

फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो ।पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको प्रहरीले जानकारी दिएको छ । पुल भाँचिएपछि तातोपानी र बाह्रबिसेबीचको सम्बन्ध बिच्छेद भएको छ ।

यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो ।

Lali Instant Noodles लाली तयारी चाउचाउ

कमेन्टहरु
Loading...