दाहालले भने देउवालाई भने ‘यो त हदै भयो देउवाजी’

गन्थनमा विज्ञापन गर्नुहोस् 728x90
गन्थनमा विज्ञापन गर्नुहोस् 728×90

काठमाड‌ौं, ९ साउन /प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन्। बसन्त बस्नेतले आजको कान्तिपुरमा लेखेका छन्।

कांग्रेस(माओवादी गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आइतबार बिहान भेटै सत्तासाझेदार दाहालले यस्तो रोष प्रकट गरेका हुन्। पेरिसडाँडास्थित माओवादी मूख्यालयमा सञ्चारकर्मीसँग दाहाल आफैंले यो प्रसंग खुलाएसँगै दुई नेताबीचको आन्तरिक तिक्तता सतहमा आएको हो।

‘यो त हदै भयो देउवाजी, जनताको सामू लाजैमर्दो भयो,’ आफूले प्रधानमन्त्रीलाई भनेको संवाद उद्धृत गर्दै दाहालले भने, ‘अझै कति पर्खने रु कांग्रेसका मन्त्री छान्न नसक्ने हो भने हाम्रा भए पनि बनाऔं।’ देउवाले कहिले कांग्रेस केन्द्रीय कार्यसमिति, कहिले अरु नै बहाना बनाएर मन्त्रिपरिषद विस्तार पन्छाउदै आएको दाहालले बताए। उनले सोमबार क्याबिनेट विस्तार गर्न देउवा सकारात्मक रहेको भन्दै अरु पर्खन नसकिने चेतावनी दिए।

देउवा र दाहालबीच सरकार विस्तारलाई लिएर बालुवाटार र लाजिम्पाटमा पटक(पटक भेट भइसके पनि अनिर्णित रहदै आएका छन्। माओवादी केन्द्रले आफ्नो तर्फबाट बनाइने मन्त्रीको सूची तयार रहेको दाबी गर्दै कांग्रेसलाई सार्वजनिक रुपमै दबाबको रणनीति लिएको हो। देउवाले ढिलासुस्ती गरेको भन्दै उनकै दल कांग्रेसभित्र समेत चर्को आलोचना भएको छ। प्रधानमन्त्री नै सुस्त भईदिदा सरकारको प्रभावकारिता नदेखिएको बताउँदै कांग्रेस केन्द्रीय सदस्यहरुले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न पार्टी बैठकमार्फत् प्रधानमन्त्रीलाई दबाब दिएका छन्।Lali Instant Noodles लाली तयारी चाउचाउ

कमेन्टहरु
Loading...