पोखराका अस्पताल र औषधी पसल अनुगमन, एक ल्याब बन्द

गन्थनमा विज्ञापन गर्नुहोस् 728x90
गन्थनमा विज्ञापन गर्नुहोस् 728×90

पोखरा ८ साउन /जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका अस्पताल र औषधी पसलको अनुगमन सुरु गरिएको छ । स्वास्थ्य संस्थाले दिएको सेवा सुविधा र गुणस्तरको बारेमा अनुगमन थालिएको हो । आइतवार पहिलो दिन दुई अस्पताल र ६ वटा औषघी पसलको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा कतिपय औषधी पसलले सम्बन्धित स्थानमा दर्ता नगरेको, कतिपयमा म्याद गुज्रेको औषधी भेटिएको र कुनै औषधी पसलले विना अनुमति ल्याव समेत सञ्चालन गरेको भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । पोखराको मेट्रोसिटी र चरक मेमोरियल अस्पताल सहित मुनाल फार्मेसी, आशिर्वाद मेडिकल, जीवन फार्मेसी, एभरेष्ट हेल्थ कियर, स्याङ्जा सिटी फार्मेसी र जिएमसी फार्मेसीमा आइतवार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मुनाल फार्मेसी र आशिर्वाद मेडिकल घरेलुमा दर्ता नभएको र स्याङ्जा सिटी ल्याबले विना अनुमति ल्याव सञ्चालन गरिएको भेटिएको छ । विना अनुमति सञ्चालन भएको ल्याब बन्द अनुगमन टोलीले बन्द गरेको छ ।
अस्पतालले पनि बेडको अन्तर कायम नराखेको, सेवा सुविधा र शुल्क स्पष्टसँग राखेको नभेटिएको समेत कोइरालाले बताए । सरकारले तोकेको असाहय तथा असक्तलाई जम्मा वेडको १० प्रतिशत निःशुल्क छुट्याउनुपर्ने भएपनि अस्पतालले सो बमोजिम नगरेको अनुगमनमा भेटिएको जिल्ला स्थाथ्य कार्यालयका ल्याब टेक्निसीयन रमेश बस्ताकोटीले बताए ।

उनले एक बेड र अर्को बेडको दुरि मापदण्ड अनुसार नराखेको पाइएको बताए । उनले अनुगमनका क्रममा भेटिएका कुरालाई पहिलो पटक चेतावनी दिएका र अको पटक निरिक्षणमा पनि त्यस्तै भेटिए कार्वाही गरिने बताए । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, उपभोक्ता मञ्च तथा प्रहरी सहभागी भएका थिए । कास्की प्रशासनले ४ वटा समुह बनाएर कृषि, स्वास्थ्य, गुणस्तर र पशु विभिन्न क्षेत्रमा अनुगमन अगाडी सारेको छ ।

Lali Instant Noodles लाली तयारी चाउचाउ
Lali Instant Noodles लाली तयारी चाउचाउ

 

कमेन्टहरु
Loading...