सर्त अगाडि सारे वार्तामा बस्दैनौं : वैद्य

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी वार्ताको लागि तयार रहेपनि संयन्त्र र सरकारले कुनै सर्त अगाडि सारे आफू वार्तामा नबस्ने बताए। आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा ‘शुसिल’ द्वारा लिखित ‘नाटक नै याथार्थमा बदलियो’ शिर्षकको कृति विमोचन कार्यक्रममा बोल्दै वैद्यले उक्त कुरा बताएका हुन्।वार्ताको माध्यमबाट निकास खोेज्न हाम्रो पार्टीले बार्ता टोली गठन गरेपनि सरकार र चार दल ठोस रुपमा नआएको बताए। ‘हाम्रो पार्टीले वार्ता टोली गठन गरेर वार्ताको लागि तयार रहेपनि उहाँहरु (सरकार र सरकार पक्षिय पार्टी) गम्भीर बन्नुभएको छैन, बाहिर हल्ला गरेपनि ठोस रुपमा छलफलमा आउनुभएको छैन’ वैद्यले भने,’सरकार र सरकार पक्षिय पार्टी बिना सर्त वार्तामा आउन तयार देखिदैन।’

हाम्रो लचकतालाई कमजोरीको रुपमा नलिन सरकार र चार दललाई अध्यक्ष वैद्यले आग्रह गरे।
उनले ३३ दलिय मोर्चालाई औपचारिक रूपमा वार्ताको लागि आह्वान गर्नुपर्ने बताए।
चैत्र १ गतेको संविधान संशोधन र राष्ट्रपतिद्वारा २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज गरी सर्वदलिय सरकार निर्माणको लागि बिना सर्त आफूहरु वार्ता र गोलमेच सभामा बस्न तयार रहेको वैद्यले बताए।
एक अर्को प्रसंगमा वैद्यले हालै आफ्नो नेतृत्वमा भएको चिन भ्रमण दुई कम्युनिस्ट पार्टीबीच सम्बन्ध सुमधुर बनाउन सफल भएको बताए। उनले ‘चीनले नेपालमा राजीतिक स्थायीत्व चाहेपनि आन्तरिक मामलामा कुनै दबाव दिएको छैन’ उनले भने।
पुस्तकको चर्चा गर्दै वैद्यले जनताको भोगाई र जनयद्वको इतिहास भएको बताए।

– See more at: http://setopati.com/raajneeti/2412/#sthash.IdfpehKy.dpuf

कमेन्टहरु
Loading...