पोखरामा साउन अन्तिम साता ‘इक्यान शैक्षिक मेला’

पोखरा, ५ साउन / नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पाँचौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ गर्ने भएको छ । साउन २७ देखि २९ गतेसम्म पोखराको सभागृह हलमा मेला हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलाको तयारीलाई तिब्र बनाइएको कार्यक्रम संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए ।

पोखरा क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेकाले मेलामा विद्यार्थीको आकर्षण बढ्ने उनले बताए । ‘इक्यानले बिगत वर्षहरुमा आयोजना गरेका मेलाहरु निकै प्रभावकारी बनेका थिए,’ उनले भने, ‘यस पटकको मेलामा विद्यार्थी र अभिभावकको अझ भिड लाग्ने हाम्रो विश्वास छ ।’ मेलामा १५ हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको सचिव भुवन क्षेत्रीले जानकारी दिए ।

पोखरामा साउन अन्तिम साता ‘इक्यान शैक्षिक मेला’
पोखरामा साउन अन्तिम साता ‘इक्यान शैक्षिक मेला’

इक्यान शैक्षिक मेला वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी एवं तिनका अभिभावकहरुको लागि प्रभावकारी भएकाले मेलालाई निरन्तरता दिइएको अध्यक्ष मीलन तिवारीले बताए । ‘मेलामा एउटै स्थानबाट धेरै परामर्शदातृ संस्था र विदेशका विश्वविद्यालय तथा त्यहाँको शिक्षा प्रणालीका बारेमा विद्यार्थीले जानकारी पाउनेछन्,’ उनले भने, ‘त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका पनि मेला उपयोगी हुनेछ । विद्यार्थीले सही सूचना पाउनेछन् ।’

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेिलया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने प्रचारप्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए ।  प्रदेश नं ४ को सबैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा इक्यान कास्की स्थापित भएकाले मेलाप्रति विद्यार्थीको विश्वास बढेको सचिव क्षेत्रीले बताए । मेलामा करिब ७५ स्टल तथा प्याभेलीयन रहने बताइएको छ ।

मिराकल इन्स्टिच्युट प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको मेलामा मेलाको टाइटल स्पोन्सर बेकन प्रिमियर इन्टरनेसनल एडुकेसन र ईन एसोसियन विथमा फोरेन लिंकले साथ दिएको छ । पावर्ड बाइमा एक्स्पर्ट एडुकेशन एण्ड भिजा सर्भिसेस, मुख्य प्रायोजकमा किङ्फिसर एडुकेशनल कन्सल्टेन्सी र सपोर्टेड बाईमा ट्रिनिटी एडुकेशन पÞmाउण्डेशन रहेको कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

मेलाको प्रोमोटरमा अस्ट्रेलियास्थित कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलोजी, क्विन्स्पÞmोर्ड कलेज र नर्स ट्रेनिङ अस्ट्रेलिया साथै आइडिपी छन् । प्रायोजकहरुमा निम्स पोखरा, डेल्टा एडुकेयर नेपाल, नमस्ते एडुकेशन इन्स्टिच्युट, थर्ड आइ एडुकेशन, एडुकेशन स्टडी लिंक, एनमार्क एडुकेशन, टार्गेट इन्टर्नेशनल एडुकेशन, एक्सेल पोखरा एडुकेशन, नाइस इन्टर्नेशनल एडुकेशन, पोखरा बर्नहाट एडुकेशनल कन्सल्टेन्सी, नेप्कम्स सर्भिसेस र मिराई इन्टर्नेशनल एडुकेशनल कन्सल्टेन्सी छन् । रानीबन आरकेड होटेल पार्टनरमा रहेको छ भने बैंकिङ पार्टनरमा प्रभु बैंक छ ।

कमेन्टहरु
Loading...