बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन हुने जाईकाको निष्कर्ष

पोखरा ४ साउन /पोखरा लेखनाथा महानगरपालिकाको दोस्रो ठूलो ताल बेगनास सुन्दराताले मात्रै हैन जलविद्युत उत्पादनको लागि उपयुक्त मानिएको छ । नेपाल विद्युत प्राधिकरणले तालबाट पम्प स्टोरेज गरी विद्युत निकाल्न सकिने जनाईरहदाँ जापानी सहयता नियोग (जाईका)ले तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ ।

पम्प स्टोरेज मार्फत विद्युत उत्पादन हुने बताएको छ । प्राविधिक रुपमै विद्युत उत्पादन गर्न सकिने समेत जाईकाको निष्कर्ष छ । यस अघि विद्यूत प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपातालमा खसालेर करिव एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

पम्पस्टोरेजको जिम्मा लिएका तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेका अनुसार गत आइतबार मात्रै जाइकाको ४ जनाको टोेलीले आयोजनाको स्थलगत अध्ययन गरेको थियो । थिकेका अनुसार पम्प स्टोरेज बनाउन प्राविधिक रुपमा सम्भव रहेको अध्ययन प्रतिवेदनले जनाएको छ । तर त्यसको आर्थिक लागतको विषय भने अध्ययन भईसकेको छैन् ।

जाइकाका एसिया प्रशान्त निर्देशक पाके इचिको नेतृत्वमा अध्ययन टोली बेगनास र रुपातालको बीचको सुन्दरी डाडाँबाट आवश्यक प्राविधिक अध्ययन गरेको थियो । ४ जनाको टोलीमा जाइकाको परामर्शदाता कम्पनी पे पावरबाट दुई जना इन्जिनियर पनि रहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको अत्यधिक माग हुने पिक आवरमा करिव ४ घण्टा चलाउने गरी पिक स्टोरेज बनाउने प्रस्ताव अघि सारेका हुन् । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत माग पूरा गर्ने ब्याट्रिको रुपमा काम गर्ने छ ।

यो आयोजनाबाट ३ सय मेगावाटसम्म बिद्युत निकाल्न सकिने जाइकाको भनाई छ । तीन सय मेगावाट बिजुली निकाल्दा बेगनासको पानीको सतह तीन मिटरसम्म तल आउँने र १ सय ५० मेगावाट मात्र निकाल्दा डेढ मिटर घट्ने जाइकाले जनाएको छ ।

बेगनास र रुपा तालबीचमा रहेको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी आयोजना निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । प्राधिकरणको प्रारम्भिक अध्ययनका अनुसार जम्मा भएको पानीलाई अफ आवरमा पम्प गरी पुनः बेगनास तालमै खसाल्नु पर्दछ । जसले गर्दा प्राकृतिक रुपमा तालमा असर देखिदैन । पानी फेरि बेगनासमा फर्काउन पम्प चलाउन करिव १ सय २५ मेगावाट विद्युत आवश्यक पर्नेछ । अध्ययनका अनुसार आयोजनाबाट पिक आवरमा पाँच घण्टा एक सय मेगावाट विद्युत उत्पादन गर्न सकिने छ ।

कमेन्टहरु
Loading...