पुर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना, मुटुमा समस्या

पोखरा, ४ साउन /पूर्व राजा ज्ञानेन्द्र शाह विरामी भएपछि अस्पताल भर्ना भएका छन् । उनको नर्भिक ईन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । मुटुमा समस्या देखि पछि उनी अस्पताल पुगेका थिए ।

उनको कोरोनरी एन्जियोग्राम गर्दा एउटा नशामा अवरुद्ध देखिए पछि एन्जियोप्लास्टी गरिएको अस्पतालले जानकारी दिएको छ । चिकित्सकको सल्लाह अनुसार उनी अस्पतालमा केही दिन उपचारका लागि बस्ने छन् ।

उनलाई मुटु रोग बिशेषज्ञ डा. यादव भट्ट र चिकित्सक डा. किशोर जंग राणा परिक्षण गरेका थिए ।

कमेन्टहरु
Loading...