नव आर्दश सामुदायीक विकास सघंको आयोजनामा तिज मेला हुने

पोखरा, ३० असार/नव आर्दश सामुदायीक विकास सघंको आयोजनामा लामाचौरमा तिज महोत्सव हुने भएको छ । भदौको २१ देखि २३ गते सम्म हुने महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता, तीज गित प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु तय भएका नव आर्दश सामुदायीक विकास सघंका अध्यक्ष बुद्धि खत्रिले जानकारी दिए ।

पोखरमा आज भएको प्रचार प्रसार उपसमितिको बैठकमा खत्रिले अघिल्लो वर्षहरु जस्तै यो वर्ष पनि तिज मेला भव्य बनाउने बताए । प्रचार प्रसार उपसमिति बैठकले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन प्रचारका माध्यामहरु प्रयोग गर्ने उपसमितिका संयोजक संजयकुमार अधिकारीले जानकारी दिए ।

राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ४ काठमाडौका ४, पोखराका २ गरि ६ टिमको सहभागीता पक्का भैसकेको बताउदै अन्य दुई टिम थपीने अध्यक्ष खत्रिले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...