मोडलिङ रियालिटि सोको ट्यालेन्ट राउण्ड जारी

पोखरा, ३ असार/पोखरामा आयोजित मिस्टर एण्ड मिस कास्की २०७४ को ट्यालेन्ट राउण्ड जारी रहेको छ । पहिलो ट्यालेन्ट राउण्डमा वर्षा गुरुङ र दोस्रो ट्यालेन्ट राउण्डमा निकिता खड्की विजेता बने ।

ब्ल्यु रे प्रोडक्सनद्धारा आयोजीत मोडलिङ रियालिटि सो अन्र्तगतको युवतीतर्फको प्रतिष्पर्धामा २५ जना युवतिले भाग लिएका छन् । उनीहरुले फेसन सो तथा विभिन्न प्रतिभा देखाएका थिए । पहिलो ट्यालेन्ट राउण्डमा पल शाह र पुजा शर्मा स्पेशल अतिथिको रुपमा पुगेका थिए । म यस्तो गीत गाउँछु चलचित्रको प्रमोसनमा पोखरा पुगेका यी जोडी कार्यक्रममा पुगेर सहभागीलाई मात्र हौसाएनन् आफ्नो फिल्मको प्रमोसन समेत गरे ।

बाँकी प्रतियोगीलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । त्यसको लागि प्रतियोगीले हरेक शनिबार ओजन लाउञ्ज बार लेकसाइडमा प्रतिष्पर्धामा भाग लिई अघिल्लो चरण प्रवेश गर्नुपर्छ । अन्तिम प्रतिष्पर्धा १५ युवा र १५ युवतीका बिच हुनेछ ।

प्रतियोगीहरुको ग्राण्ड फिनाले आगामी भाद्र १० गते पोखरामा भव्य कार्यक्रमकाबिच हुने कार्यक्रम संयोजक संकल्पले बताए । तीन जना नियमीत निर्णायक र थप दुईजना स्पेशल निर्णायकले उपाधि विजेता मिस्टर एण्ड मिस कास्की २०७४ छान्नेछन् । पछिल्लो क्रममा देखिएका मोडलिङ प्रतियोगीता भन्दा यो रियालिटी सो पृथक रहने आयोजकको दावी छ ।

कमेन्टहरु
Loading...