पोखरामा शिब मन्दिरको गोठमा बाँधेका गाई हत्या

पोखरा, २ साउन/पोखरा लेखनाथ महानगरपालिका १७ महतगौडास्थित सदा शिब हरिहर मन्दिर परिषरमा गाईको हत्या भएकोछ । गोठमा बाँधीराखेको तीन बर्षको कोरली बाच्छिलाई रातीको समयमा आएको व्यक्तिले टाउँकोमा ढुङ्गाले प्रहार गरि हत्या गरेर भागेको मन्दिरका पुजारी ठाकुरप्रसाद आचार्यले बताउनु भयो ।

“पानी परिरहेको थियो एक्कासी माहु गाई जोडले करायो” उहाँले भन्नुभयो “बाहिर निश्किएर हेर्दा टाउँकोमा गहिरो चोट लागेको कोरली गाई छटपटाई राखेको थियो हेर्दाहेर्दै म¥यो ।“

मन्दिर परिषरबाट गाईको हत्यामा प्रयोग भएकोे ढुङ्गो, उक्त व्यक्तिको चप्पल र अन्य सामाग्री समेत भेटीएको र आवश्यक अनुसन्धान भई रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

गोठमा बाँधेको गाईको हत्या गर्ने अभियुक्तलाई तत्काल पत्ता लगाई कडा भन्दा कडा कार्वाही गर्न र धार्मिक क्षेत्रमा त्यस्ता हरकत दोहोरीन नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...