पोखरामा कल बाइपास गर्ने ३ पक्राउ

भदौ 28 / प्रहरीले अबैध भीओआईपी संचालन गरी कल बाइपास गर्ने ३ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टेलीले पोखरा–९ संगम मार्गस्थित बलबहादुर कुवँरको घरमा छापामारी अबैध भीओआईपी संचालन गर्ने ३ जनालार्इ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा, बुङ्कोट-७ का २२ बर्षीय तीर्थराज ढकाल र कास्की, सिरु-४ का २० बर्षीय को बिनोद सिंह छन् । साथै भीओआईपी सञ्चालनका लागि सीमकार्ड तथा रिचार्जकार्ड उपलब्ध गराउने पर्वत, तिलहार-९ घर भई मेरो लिगल ट्रेड पोखरामा कार्यरत केशव गौतमलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रहरीले बलबहादुरको घरबाट भीओआईपी संचालनका लागि प्रयोग गरेको सिमकार्डहरु, जीओआईपी ८ पोर्ट भएको डिभाइस, ल्यापटप, ब्लूटुथ डिभाइस, इन्भटर, राउटर र रिचार्ज कार्डहरु लगायतका उपकरणहरू बरामद गरेको छ । यस्तै केशवको साथबाट बिभिन्न दुर संचार कम्पनिका रि-चार्ज गर्न बाँकी रहेका १ लाख ७ हजार ८ सय ५० बराबरको रि-चार्ज कार्डहरु र नगद १ लाख १२ हजार समेत बरामद भएको छ ।

तीनै जनालार्इ अनुसन्धान र कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय, कास्कीमा बुझाईएको सीआईबीले जनाएको छ ।

कमेन्टहरु
Loading...