पोखरा महानगरको शिक्षा र स्वास्थ्यका बारेमा नीति तथा कार्यक्रम यस्तो

पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को लागि ४ अर्ब ३ करोड ८२ लाख ५३ हजार हुने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले विहीबार नगर परिषदमा सो बजेट प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम

आधारभूत, माध्यामिक र उच्च शिक्षा
– आवश्यकता अनुसार नयाँ सामुदायिक विद्यालय खोल्ने, मर्ज गर्ने, कक्षा वृद्धि गरी समुदायको हितमा प्रयोग गरिने छ । संस्थागत विद्यालयको दर्ता, नवीकरण र अनुगमन गरिने छ । महानगरका सवै वालवालिकालाई आधारभूत तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षा उपलव्ध गराई साक्षर महानगर वनाउने नीति अबलम्वन गरिने छ ।

– विपन्न तथा न्यून आय भएका अभिभावकहरूका बालबच्चाहरूलाई विद्यालय पठाउनका लागि पोशाक, खाजा र पाठ्यसामाग्रीको व्यवस्था गरिने छ । वालवच्चा विद्यालय नपठाउने नागरिकलाई महानगरबाट प्राप्तहुने सेवा सुविधाबाट वञ्चित गरिने छ । समयानुकूल सार्वजनिक विद्यालयको स्तर बृद्धि गरिने छ ।

– आवश्यकता अनुसार महानगरभित्र प्राविधिक शिक्षालय कार्यक्रम लागू गर्न सामुदायिक विद्यालयहरूमा व्यवहारिक र प्राविधिक शिक्षा लागु गर्न आवश्यक पहल गरिनुका साथै विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई उच्च शिक्षामा अभिप्रेरित गर्न विशेष महानगर छात्रवृत्ति कार्यक्रम लागु गरिने छ ।

– विभिन्न खाले परामर्श सेवा केन्द्र, निजीस्तरमा सञ्चालित ट्युशन तथा कोचिङ सेन्टर, भाषा तालिम तथा प्रशिक्षण केन्द्रलाई नियमन गरिने छ ।
– पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन आवश्यक पहल गरिने छ ।

आधारभूत स्वास्थ र सरसफाई
– हाम्रो अभिभारा स्वच्छ सुन्दर पोखरा कार्यक्रमलाई निरन्तरता दिदै महानगरीय स्वास्थ्य नीति तयार गरिने छ ।
– महानगरभित्र फोहर व्यवस्थापनका लागि प्रत्येक टोलटोलमा कुहिने, र नकुहिने फोहरमैला सङ्कलन गर्ने कन्टेनरको व्यवस्था व्यवस्था मिलाइने छ ।
– फोहरलाई मोहरमा परिणत गर्न महानगरको फोहर सङ्कलन गरी सोको प्रशोधनबाट ऊर्जा (विद्युत र ग्याँस) र कम्पोस्ट मल उत्पादनका लागि प्रस्ताव आह्वान गरिने छ ।
– महानगर भित्र न्यूनतम पाँच स्थानमा सार्वजनिक शौचालयको निर्माण र सञ्चालन गरिने छ ।

– आधारभूत स्वास्थ्य सेवा, भ्याक्सिन र खोपहरु निःशुल्क गरिने छ ।
– सुविधायुक्त पशु बधशालाको निर्माण गरिने छ ।
– आधारभूत स्वास्थका लागि प्रत्येक वडामा एम्वुलेन्स सेवा सहितको स्वास्थ केन्द्र स्थापना गरी महानगरबासीलाइ दक्ष चिकित्सकद्वारा स्वास्थ सेवा प्रदान गरिने छ ।
– बालबालिका र गर्भवती महिलाका लागि मोबाइल स्वास्थ्य सेवा मार्फत निशुल्क स्वास्थ्य सेवाका प्रबन्ध गरिनुको साथै गर्भवती महिला र नवजात शिशुलाई पौष्टिक आहारका लागि भत्ताको व्यवस्था गरिने छ ।

– नागरिकहरुको स्वास्थ बिमाको क्रार्यक्रमलाई अनिवार्य र प्रभावकारी रुपमा लागु गरिने छ । पोखरा–लेखनाथ सवैकालागि स्वास्थ्य सेवा उपलव्ध भएको महानगरमा रुपान्तरित हुनेछ र औषधिहरु सरल र सुलभ रुपमा उपलब्ध गराउन औषधि पसलहरुलाई नियमन गरिने छ ।
– निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरुलाइ व्यवस्थित र नियमन गरिने छ ।
– पोखरामै मुटुरोगको शल्यक्रिया गर्न मिल्ने ब्यवस्था मिलाउनका लागि मुटुरोग सम्बन्धि सेवा बिस्तारमा जोड दिईनेछ ।

कमेन्टहरु
Loading...