पकेट खर्च बचाई पर्वतमा एक विद्यालयका विद्यार्थीहरुलाई सामाग्री सहयोग

पोखरा २८ ,असार/शिक्षा अहिले सबैका लागी अपरिहार्य भईसकेको छ । यस बाट अब कुनै बाल बालिका वन्चित हुनुहुदैन । सबै शिक्षित हुनुपर्ने आजको आवश्यकता हो । फल्स्वरुप आर्थिक स्थर बाट विपन्न परिवारका छोरा छोरीहरुलाई शिक्षाको ज्योति छर्ने उदेश्यले खोलिएका विभिन्न संघसस्थाहरुले पनि पछील्लो समय आफ्नो कार्यलाई निरन्तरता दिएको पाईन्छ । यसैक्रममा पोखरामा क्रियाशिल Yours Daughter Foudation Nepal- YDF नामक संस्थाले पर्वतको मालढुंगा स्थित श्रमिक आधारभुत विद्यालयका छात्र छात्राहरुलाई गत असार २४ गते शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

अध्यक्ष रेनु राना काजी ,उपाध्यक्ष तारामाया मोक्तान ,सचिव सरिता पौडेल ,सह(सचिव सुजता शर्मा ,कोषाध्यक्ष सुकृती भुर्तेल ,सदस्यहरु एलिना बराल , तृष्णा गुरुङ ,राममाया गुरुङ र थममाया पुन गरी ९ सदस्यले आफ्नो पकेट खर्च जोगाएर खोलेको उक्त सस्था मार्फत विद्यालयमा अध्ययरत ३५ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल ड्रेस, कपि पेन्सिल इरेजर लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको वाईडिएफकी अध्यक्ष रेनु रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा संगीतकार गायक योगेश काजीले वाईडीएफले गरेको उदाहरणिय कामलाई सबैले सही मुल्याङ्कन गरी सबै सामाजिक सेवाप्रती उत्तरदायी हुनुपर्ने बताउनुभयो । साथै काजिले आफु संगीतकर्मी भएकाले कलाकारीताको क्षेत्रबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता पनि व्यक्त गर्नुभयो । कुनै पनि नाफा कमाउने उदेश्य नराखी नितान्त सामाजिक सेवाप्रती समर्पित उक्त सस्थाले दुर्गम गाविस विद्यालय र अनाथ अश्राममा सहयोग गर्दै आईरहेको र यसपाली पनि पर्वत मा पनि आफ्नो सस्थाको उदेश्यअनुरुप उक्त विद्यालयका विद्यार्थीहरुको पठनपाठन सहयोगार्थ उक्त सामाग्रीहरु वितरण गरिएको सचिव सरिता पौडेलले बताउनुभयो । उक्त अवसरमा करिब ३५ हजार बराबरको सामाग्रीहरु वितरण गरिएको वाईडिएफले जनाएको छ ।

२०६६ सालदेखी संचालित उक्त विद्यालयमा श्रमिकका छोराछोरीहरुले १ देखी ३ सम्मको अध्ययन गर्ने गरेका विद्यालयका प्रध्यानाध्यापक तेजेन्द्र आचार्यले बताउनुभयो ।सस्थामा मन र सहयोगी भावना भएका जो कोहिले पनि सदस्यता लिन पाउछन । यसअघि कास्कीका विभिन्न विद्यायहरुमा शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको उक्त संस्थाले यसपाली कास्की बाहिर पहिलो कार्यक्रम गरेको हो । वाईडिएफमा १८ देखी २५ वर्ष उमेर समुहका दर्जन भन्दा बढि युवतिहरु क्रियाशिल रहेका छन् ।

कमेन्टहरु
Loading...