अदालतका कर्मचारी,सेवाग्राही सिसिटिभिको निगरानीमा

पोखरा २७, असार/कास्की जिल्ला अदालतमा सिसिटिभि जडान गरिएको छ । अदालतमा पुग्ने सेवाग्राहीले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो रुपमा प्रदान गर्नका निमित्त सिसिटिभी जडान गरिएको अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले बताए ।

‘अदालतमा १० थान सिसिटिभि क्यामेरा जडान गरी सेवाग्राही र कर्मचारीले गर्ने कार्यलाई निहाल्ने व्यवस्था गरिएको छ’ उनले भने । सिसिटिभि मार्फत अदालतका विभिन्न शाखाको अनुगमन स्रेस्तेदारले गर्ने भएको हुदाँ कुनै काममा ढिलासुस्ति र अनावश्यक झन्झट हुने कार्य पुर्ण रुपमा अन्त्य हुने स्रेस्तेदार नेपालको दावी छ ।

अदालतमा रहेको पाँचवटै मुद्दा फाँट, दायरी, अभिलेख, तहसिल, अदालतको मुख्य कपाउन्ड लगायतका ठाउँमा सिसिटिभि जडान गरिएको हो । सिसिटिभि क्यामेरा मार्फत हरेक फाँटमा भएका गतिविधिको निगरानी स्रेस्तेदार नेपालको कार्यकक्षबाट गरिनेछ ।

अदालतले प्रदान गर्ने सेवाप्रवाहका बारेमा सेवाग्रीका केहि गुनासा आए सिसिटिभी फुटेज हेरी तत्काल कारवाही गरिने उनले बताए । तत्कालै १० वटा सिसिटिभि यामेरा मार्फत निगरानी गरिएपनि निकट भविष्यमा सबै शाखा, फाँट तथा इजलाशमा सिसिटिभि क्यामेरा जडान गरिने तयारी गरिएको उनले जनाए ।

हालै कास्की जिल्ला अदालतमा हाप पेन्ट, जाँगे, मिनिस्कट, वानपिस लगायतका पहिरन लगाएर प्रवेश गर्न रोक लगाइएको थियो । सिसिटिभि जडान पश्चात यसमा समेत थप कडाइ गरिने उनले बताए ।

कमेन्टहरु
Loading...