पोखरामा शंकास्पद बस्तु भेटियो, सेनाद्धारा निस्कृय

सागर राज तिमिल्सिना
पोखरा, २७ असार/नेपाल कम्युनिष्ट पार्टीको बन्द चलिरहँदा पोखरामा बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० इन्द्रचोकमा बम जस्तै देखिने शंकास्पद बस्तु भेटिएको हो ।

पूर्वाह्न १० बजेतिर स्थानियले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम हुनसक्ने आशंका गरेको थियो ।

सो बस्तु निस्कृय बनाउन नेपाली सेनाको कालिभञ्ज्याङ गणबाट बम डिस्पोजल टोलीले डिस्पोज गराउदै रङको बट्टा भएको प्रहरीले जनाएको छ । बमको आशंकामा प्रहरीले सुरक्षा दिएपछि सर्वसाधरणको ठुलो संख्यामा उपस्थीत भएका थिए ।

https://www.youtube.com/watch?v=qy3Ds2rXIT0

कमेन्टहरु
Loading...