पोखरामा ठुलोमात्रा लागुऔषध सहित युवक पक्राउ

पोखरा, २५ असार /लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय गण्डकी पोखराले विशेष प्रहरी टोलिले ठुलो मात्रा लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा एक जनालाई लेखनाथको शिसुवाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका ३२ शिसुवाका २६ वर्षिय जितेन्द्र गुरुङ रहेका छन् । पक्राउ परेका गुरुङ साथबाट प्रहरीले डाईजापाम ५९८ थान, नुर्फिन २८८ थान, टेलिजेसिक २९२ थान र फेनरागन ६०७ थान गरी जम्मा १७८५ थान लागुऔषध बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण व्यूरो गण्डकीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सहितको प्रहरी टोलिले भारतीय नागरिक विवेक भनिने कमलेश गुप्ताले भारतबाट पोखरासम्म लागुऔषध पठाउदछ भन्ने विशेष सूचनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त ठुलो मात्रामा रहेको लागुऔषध बरामद गरिएको हो ।

प्रहरीले पक्राउ परेका जितेन्द्र गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी लागुऔषध मुद्दा अन्तर्गत थप अनुसन्धान गरिरहेको छ । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले पश्चिम क्षेत्रमा लागु हुने गरी लागुऔषध नियन्त्रण विशेष “अपरेसन सिदा” नामक कार्ययोजना लागु गरे संगै पछिल्लो समय प्रहरीको प्रभावकारी बनेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...