पूर्व प्रमुख निर्वाचन आयुक्त भन्छन् – मंसिरमा निर्वाचन हुन सक्दैन

२७ मंसिर, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सरकार र दलहरुका कारण आगामी मंसिर ४ गतेको संविधानसभाको दोस्रो निर्वाचन असम्भव भएको दावी गर्नु भएको छ । पुरानै पात्र, नियम र खेलाडीहरु विद्यमान रहेकोले खेलको नयाँ नियममा परिवर्तन नभएसम्म संविधानसभाको निर्वाचन र त्यसबाट संविधानसभाको निर्वाचन असम्भव रहेको दावी गर्नुभयो ।

bhojraj pokhrelरिपोर्टर्स क्लब नेपाल विहीबार आयोजना गरेको साक्षात्कारमा पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले भन्नुभयो-’पहिला गोलमेच सम्मेलन गर्नु पर्‍यो । त्यसपछि सहमितको ब्यवस्थापन, त्यसलाई कार्यान्वयन गर्न नियम कानूनको निर्माण र पुन दल दर्ताको काम ४५ दिन भित्र नसकिए निर्वाचन हुन सक्दैन । सरकार र दलहरुको अहिलेसम्मको काम कारवाही हेर्दा त्यो समयमा काम हुने सम्भावना देखिदैन ।’

सरकार र दलहरुको काम कारवाही हेर्दा सबैलाई निर्वाचन सार्ने बहाना चाहिएको जस्तो देखिएको भन्दै उहाँले उनीहरुवीच बाहिर मंसिर भनेपनि आन्तरिक रुपमा चैतमा निर्वाचन गर्ने सहमति भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’सरकार दल र निर्वाचन आयोगको विचमा मंसिर हल्लाको मिति र चुनाव चाँही चैतमा गराउन पहिला नै अघोषित सम्झौता भईसकेको छ ।’

जनगणना अनुसार ३४ लाख मतदाता मतदाता नामावलीमा छुटेको, क्षेत्र निर्धारण आयोगलाई दिइको जिम्मेवारीमा नियम बाझिएको, दलहरुको संख्या साउनभित्र कुनै निश्चित हुनु पर्ने जस्ता समस्या विद्यमान रहेकोले पनि निर्वाचनको लागि धेरै चुनौतिहरु रहेको उहाँको भनाई छ । निर्वाचनको लागि बनेको सरकारको निर्वाचनप्रतिको प्रतिबद्धता नै नदेखिएको आरोप लगाउँदै उहाँले सरकार प्रतिबद्ध भएको भए जेठमै निर्वाचन हुन थियो भन्नुभयो ।

कमेन्टहरु
Loading...