आपत्कालीन सेवामा अनेरास्ववियु

पोखरा, १९ असार /असार १७ गतेको अविरल वर्षाले गर्दा वाढी पहिरोले जनधनको ठुलो क्षेति भएको छ । समयमा उद्धार गर्न सके कम क्षेति हुने उदेश्यले आपत बिपत्ति परेमा ब्यबस्थापनको लागि अनेरास्ववियु जिल्ला कमिटिले ४ वटा टोलि निर्माण गरेको छ । अनेरास्ववियुले बनाएको ४ वटा टोलि विभिन्न ठाँउमा सहयोग कार्यमा जुटेका छन् ।

त्यसै गरि अनेरास्ववियु कास्कीका आपत बिपत्ति ब्यबस्थापन समितीका संयोजक संजय पौडेल बैरागीको नेतृत्व र कास्की क्षेत्र नम्बर तिनका संयोजक महेन्द्र पौडेलको सहकार्यमा अनेरास्ववियको आपत्कालीन सेवा टोलीे आज पहिरोले असर पारेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ धारापानी बस्तीमा पुगेको छ ।

सहयोगका लागि पुगेको अनेरास्ववियुको आपत्कालिन टोलीले आवतजावत गर्न समेत नमिल्ने अवस्थामा रहेको हिल्याम्य पहिरो ओहार दोहोर गर्नका लागि बाटो र थुनियका भलको लागि कुलो निर्माण गरेको छ । पहिरोले ल्याएका ढुंगा मुढा आदि सङ्गालेर पैदल हिड्नेहरुको लागि बाटो निर्माण गरेको हो ।

अनेरास्ववियु कास्कीको आपत्कालीन टोलीमा कास्की जिल्ला कमिटीका सह–सचिव संजय पौडेल बैरागी, सचिवालय सदस्य विश्वदर्शन पराजुली, क्षेत्र नम्बर तिनका संयोजक महेन्द्र पौडेल, जनप्रिय क्याम्पसका अध्यक्ष अनिल खड्का, क्षेत्र नम्बर तिनका सदस्यहरु लागएतको अपरिहार्य सहयोग थियो । वडा अध्यक्ष धन बहादुर नेपालीको नेतृत्वमा पहिरो सम्याउने काम भैरहेको छ ।

अरु कही कतै आपत विपत परेको खण्डमा ९८४६१५११९२ ,९८४६४१२२५०, ९८५६०५६०९८ मा सहयोगका लागि खबर गरेमा तत्काल सहकार्य टोली सहयोगको लागि आउने अनेरास्ववियु कास्कीका सह–सचिव तथा आपत बिपत्ति ब्यबस्थापन समितीका संयोजक संजय पौडेल बैरागीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...