सेतीले बगाएर एकजना बेपत्ता

सागर राज तिमिल्सिना/पोखरा, २७ असार /कास्कीकामा सेती नदिले बगाएर एक जना बेपत्ता भएका छन् । पोखराको रामघाट स्थित सेती नदिको किनारामा दाउदा झिक्ने क्रममा ओखलढुङ्गा घर भै पोखरा ११ रामघाटमा बस्दै आएका रवि पौडेल बेपत्ता बनेका हुन् । ३६ वर्षिय पौडेलले रामघाटबाट सेतीनदिमा बाढीले बगाई ल्याएको मुडा झिक्ने क्रममा बगाई बेपत्ता भएका हुन् ।

नेपाल प्रहरी, स्थानीय र आफ्न्तहरुले पौडेलका खोजी गरीरहेका छन् । त्यसै गरि प्रहरीले नदिकिनारमा बालुवा, ढुङ्गा, गिटी, दाउरा तथा काठपात झिक्ने कार्य भई रहेकोले सचेत हुन समेत अनुरोध गरेको छ ।

 

कमेन्टहरु
Loading...