पोखरामा सेती नदी थुनीदा ताल

पोखरा, १८ असार /पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिदा ठूलो ताल बनेको छ । रामघाट थुनिएपछि नदी किनारमा बस्ने करीब ५० परिवार जोखिममा परेका छन् ।

पानी पर्न रोकिएकाले पानीको वहाव घट्न थालेपनि फेरी पानी पर्ने सम्भावना रहेकाले स्थानिय त्रसित बनेका छन् । सो क्षेत्रमा हरेक वर्ष रामघाट थुनिदा स्थानिय समस्यामा पर्ने गरेका छन् ।

कमेन्टहरु
Loading...