पहिरोले घर भत्काउदा पोखरामा दुईको मृत्यु, एक बेपत्ता

सागर राज तिमिल्सिना
पोखरा, १८ असार /वर्षाका कारण पहिरो आउदा पोखरामा दुईको मृत्यु भएको छ भने खोलाले बगाउदा एक जना बेपत्ता भएकी छन् । राती आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ पस्याङ पाखामा तारापति अधिकारीको घर पहिरोले पुरीदा पाहुना आएका अधिकारीको सालीकी छोरा १४ वर्षिय टंक क्षेत्रीको मृत्यु भएको हो ।

राती करीब साढे २ बजेतिर आएको पहिरोले घर बगाउँदा पुरिएका उनलाई प्रहरीले उद्धार गरेर अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो । अधिकारीकी श्रीमती घाइते भएकी छन् । मृतक टंक क्षेत्री पोखरा धर्मस्थली माविमा कक्षा ८ मा पढ्थे ।

त्यसै गरि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ अकलामा पहिरोले घर नजिकै रहेको ब्लकले बनेको भान्साघर बगाउँदा ४० वर्षिया शोभा पौडेलको मृत्यु भएको छ । उनलाई पहिराले बगाएर कबिर २ सय मिटर तल लगेको प्रहरीले जानकारी दिएको छ । भान्साघर नजिकै रहेको पक्की घरमा भने क्षेति पुगेको छैन ।

सो पक्की घरमा सुतेका शोभाका करीब १५ वर्षिय छोरा सकुशल छन् । शोभाका श्रीमान भने बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको बताइएको छ । त्यसै गरि शनिवार बेलुका फुसेखोला तर्ने क्रममा एक महिलालाई बगाएको छ । प्रहरीले उनको खोजी गरिरहेको जानकारी दिएको छ । वर्षाका कारण पोखरा ठाउँ ठाउँमा भासिएको छ ।

कमेन्टहरु
Loading...